ताजा अपडेट

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको सङ्ख्या बढ्दै

Lumbini Darpan 3 २०७९ आश्विन १६, आईतवार १६:३२
[sharethis-inline-buttons]

धनगढी, असोज १६ गते ।

नेपालीको महान् चाड दशैं–तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाका दिनसम्म दैनिक चार–पाँच सय नेपालीहरू घर फर्कने गरेका थिए । सोपछि फूलपाती वा सप्तमीसम्म यसअघि दैनिक तीन हजारसम्म नेपालीहरू घर फर्कने गरेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरले बताउनुभयो ।

भारतको गौरीफन्टा र नेपालको धनगढी अर्थात् त्रिनगर नाकाबाट अधिकांश नेपाली फर्किरहेका छन् । घर फर्किनेमा अधिकांश दशैंपछि फर्किने बताउँछन् । केही मात्र तिहारपछि फर्किने बताएका छन् । “दशैंसम्मको मात्र छुट्टी पाएको छु त्यसैले २२ गतेतिर फर्किने योजनामा छु” कैलाली गोदावरी नगरपालिकाका जैसिंह नेपालीले बताउनुभयो ।

भारतको पुनाबाट आउनुभएका डोटीका लोकबहादुर बोहरा भने तिहार मनाएर फर्किने योजनामा हुनुहुन्छ । “मैले अर्को साथीलाई यो समयका लागि पालो बसाएर आएको छु” उहाँले भन्नुभयो, “अर्को पटक त्यो साथी घर फर्किन पाउने व्यवस्था मिलाएका छौँ ।”

भारत चेन्नइको एक क्याम्पसमा कार्यरत वीरबहादुर बोहराले पनि एक महिनाको छुट्टीमा घर आएको बताउनुभयो । छुट्टीपछि काममा फर्किने उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा लिन मान्दैनन्

भारतबाट आउनेहरूको विवरण नेपाल प्रहरीले सङ्कलन गरिरहेको छ । नाम, ठेगाना, आएको र जाने ठाउँको नाम लेखिसकेपछि स्वास्थ्य सेवा लिन आग्रह गरिन्छ । “तर धेरैले सो सेवा लिन मान्दैनन् र सिधै गन्तव्यतिर लाग्छन्” धनगढी उपमहानगरपालिकाबाट खटिनुभएका अहेव दिनेश ठकुल्लाले बताउनुभयो ।

भारतीय ब्यारियर कटेपछि नेपाली सुरक्षाकर्मीले नजिकै स्थापना गरिएको प्रहरी डेस्कमा नाम लेख्न र अर्को स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा लिन आग्रह गर्नु भए पनि अधिकांशले बेवास्ता गर्ने गरेको बुझिएको छ ।

प्रहरी र स्वास्थ्यकर्मीको आग्रहमा केही यात्रुले मात्र आफ्नो विवरण टिपाउन तयार हुने गरेको छन् त्यहाँ खटिएका कर्मचारीको भनाइ छ ।

स्वास्थ्य सेवा हेल्प डेस्कमा धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय र फाया नेपाल लगायतका गैरसरकारी क्षेत्र संस्थाको समन्वयमा कोभिडको पहिलो, दोस्रो र बुस्टर खोप लगाउने व्यवस्था रहेको धनगढी उपमहानगरपालिकाबाट खटिएका अहेव ठकुल्लाले बताउनुभयो ।

भारतबाट आएकाहरूको कोरोना, डेुंग, मलेरिया र एआइभी–एड्स र टिभी परीक्षण गर्ने निःशुल्क व्यवस्था मिलाइएको छ । सुविधा बारेको जानकारी मुख्य सडकमै दिने व्यवस्था मिलाइएको छ ।

सीमा क्षेत्रमा बिहान ६ बजेदेखि राति ८ बजेसम्म स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । स्वास्थ्य हेल्प डेस्कमा दैनिक १५० जनासम्मले कोरोना खोप लगाउने गरेका छन् ।

साभार- गोरखापत्र


प्रकाशित : २०७९ आश्विन १६, आईतवार १६:३२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

भर्खरै

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech