रुपन्देही ५ को एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता , , कमजोरी कस्को ?

[sharethis-inline-buttons]

बुटवल ।
रुपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीबाट २ जनाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा सदस्यका लागि २ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

एमालेकै टिकटबाट ३ बजेर ३० मिनेटमा बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मनिेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुबै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

ओलीकै टिकबाट ३ः४५ बजे उम्मेदवारी दर्ता गरेका घिमिरेले आफु आधिकारीक उम्मेदवार भएको भन्दै सुर्य चिन्हमा मत मागेका छन् भने एमालेका ओली निकट प्रचार विभागका सदस्य डिआर घिमिरेले बासुदेव घिमिरेको टिकट खारेज गरेर खिमलाल भट्टराईको कायम रहेको बताएका छन् ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार १७:५८