[sharethis-inline-buttons]

रुपन्देहीमा घनश्याम भुसाल निकट एमालेका ३१ जनाले दिए राजीनामा

भैरहवा ।
हालै नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाल निकट रुपन्देहीका नेता कार्यकर्ताहरुले पनि राजिनामा दिएका छन् । एमाले प्रदेश कमिटीमा रहेका २ जना सदस्य सहित ३१ जनाले पार्टी परित्यागको घोषणा गर्दै भुसाललाई समर्थन गरेका छन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका रोहिणी गाउपालिकाका निवर्तमान गाउपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले परित्याग गरेका हुन ।

राजिनामा दिनेमा पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउपालिका सचिव इन्द्रजीत कुमार राय लगायत रहेका छन । पार्टीमा नीति भन्दा ब्यक्ती हावी भएको र स्थानिय तह निर्वाचना बिपक्षीलाई सहयोगको आरोप लगाउदै उनिहरुले राजिनामा गरेका हुन । “पार्टी अध्यक्ष ओलिले पार्टीमा तानाशाह प्रवृति देखाउनु भयो,अहिले उहाकै मतियारको रुपमा छविलाल विश्वकर्मा देखिनु भएको छ ।” राजिनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने ” पार्टी राम्रो हुदा हुँदै पनि ब्यक्ती हावी भएकोले राजीनामा दिन बाध्य भयौ ।” उनले पार्टीले इमान्दार कार्यकर्ता भन्दा झोला बोक्ने र चाकडी गर्ने कार्यकर्ता पोसेको आरोप पनि लगाए ।

घनश्याम भुषाल जस्तो इमान्दार नेतालाइ पाखा लगाएर आफ्नो मतियारलाइ तानाशाह प्रवृति लाद्न पठाएको उपाध्यायको भनाइ थियो । यस्तै अर्का प्रदेश कमिटी सदस्य सनोज कुमार यादवले पार्टीले स्थानिय तह निर्वाचनमा सहयोग नगरेको आरोप लगाए ।” स्थानिय तह निर्वाचनमा जुन पार्टीको बिरुद्धमा लडियो अहिले त्यही पार्टीका लागि भोट माग्न सकिँदैन।” यादवले भने अहिले क्षेत्र नम्बर १ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन भइ प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिश चौधरीले उम्मेदवारी दिएका ।

यस्तै एमाले परित्याग गरि प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाक प्रदेश सभाका उम्मेदवार दिएका छन ।


प्रकाशित : २०७९ आश्विन २६, बुधबार १८:५२