ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तु क्षेत्र नं.१ : ठोस योजना सहित मतदाता भेटघाटमा, दिगो विकासमा जोड

Lumbini Darpan 2 २०७९ कार्तिक १, मंगलवार ०७:१८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं १ ले घरदैलो तथा मतदाता भेटघाटलाई तिब्रता दिएको छ । जिल्लाको बाणगंगा ८ मा वडा कमिटीद्धारा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरेले देशको राष्ट्रियता बचाउन र जनताका चाहाना पुरा गर्नका लागि एमालेका उम्मेद्धवारलाई जिताउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभा सांसद समेत रहनुभएकी घिमरले कपिलवस्तुको विकास लागि सुर्य ध्वजावाहक उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले वातावरण मैत्री र दिगो विकासमा जोड दिने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत बाणगंगाका विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाटको क्रममा संविधान सभा सदस्य समेत रहनुभएका अधिकारीले शान्ताकुञ्ज मधुवन धाम सांस्कृतिक, पर्यटन तथा धार्मिक स्थलको ठुलो सम्भाव्यता बोकेको मुख्य स्थल रहेकाले यसको वृहत्तर विकासमा जोड दिने बताउनुभयो । उहाँले मधुवनधामसंगै जलेश्वर धामलाई पनि दिगो विकास तर्फ विशेष ध्यान दिने बताउनुभयो ।

त्यस्तै मायादेवी रंगशालाले पनि उचित संरक्षण र प्रवद्र्धन पाउनका लागि एमालेको विकल्प नरहेको प्रतिनिधी सभा सदस्य पदका उम्मेद्वार अधिकारीले बताउनुभएको छ । उहाँले रंगशालाको विकास भएसंगै खेलकुद क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने बताउदै यस ठाउँको समेत पहिचान समेत झल्किने दावि गर्नुभयो । त्यस्तै उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधारमा आफ्नो विशेष जोड रहने बताउदै बाणगंगा ८ मोर्मी बुटकामा कोइली नदीको पानी प्रयोग गरि जलविहार बनाउने समेत बताउनुभएको छ ।

क्षेत्र नंं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीले बर्षौ देखि गम्भिर समस्याको रुपमा रहेको कोईली नदीको पुल निर्माणका लागि आफुले धेरै प्रयास गरेकाले आफ्नै पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले त्यसको काम अब छिट्टै सुरु हुने बताउनुभयो । यस अघि पनि प्रदेश सांसद हुंदा लोकप्रिय काम गर्नुभएका एमाले नेता पन्थीले प्रदेशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो । पन्थीले प्रसिद्ध धार्मिक स्थल लक्ष्मणघाटकोे विकासमा विशेष जोड दिईएको बताउनुभएको छ । यस अगाडि पनि लक्ष्मणघाटको विकासका लागि विशेष पहल गर्दै आउनुभएका पन्थीले एमालेका उम्मेद्वारलाई जिताएमा मात्र दिगो विकासको सपना पुरा हुने बताउनुभयो । उहाँले देशमा राष्ट्रियता र राजनीतिक स्थिरताका लागि एमालेको बहुमत आवश्यक रहेको बताउनुभयो ।

क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले शुद्धोधन गाउँपालिकाका लवनी, बगदी लगायत विभिन्न स्थान तथा मायादेवी गाउँपालिकाका पनि विभिन्न ठाउँमा मतदाता भेटघाट गर्नुभएको छ । आगामि योजनाका साथ जनतामाझ जानुभएका चौधरीले मधेशी समुदायको समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । विशेष गरि मधेशी समुदायलाई सामाजिक रुपान्तरणको आवश्यकता रहेकाले भौतिक विकाससंगै अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार ०७:१८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech