वातावरण मैत्री र दिगो विकासमा जोड दिनेछु : अधिकारी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले वातावरण मैत्री र दिगो विकासमा जोड दिने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत बाणगंगाका विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाटको क्रममा संविधान सभा सदस्य समेत रहनुभएका अधिकारीले शान्ताकुञ्ज मधुवन धाम सांस्कृतिक, पर्यटन तथा धार्मिक स्थलको ठुलो सम्भाव्यता बोकेको मुख्य स्थल रहेकाले यसको वृहत्तर विकासमा जोड दिने बताउनुभयो । उहाँले मधुवनधामसंगै जलेश्वर धामलाई पनि दिगो विकास तर्फ विशेष ध्यान दिने बताउनुभयो ।

त्यस्तै मायादेवी रंगशालाले पनि उचित संरक्षण र प्रवद्र्धन पाउनका लागि एमालेको विकल्प नरहेको प्रतिनिधी सभा सदस्य पदका उम्मेद्वार अधिकारीले बताउनुभएको छ । उहाँले रंगशालाको विकास भएसंगै खेलकुद क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने बताउदै यस ठाउँको समेत पहिचान समेत झल्किने दावि गर्नुभयो । त्यस्तै उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधारमा आफ्नो विशेष जोड रहने बताउदै बाणगंगा ८ मोर्मी बुटकामा कोइली नदीको पानी प्रयोग गरि जलविहार बनाउने समेत बताउनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार ०७:२५