सुवास पाण्डे एमालेमै फर्किए, प्रदेश सभा सदस्यको उम्मेद्वारी फिर्ता

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुबाट प्रदेश सभा सदस्यमा हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिनुभएका सुवास पाण्डेले उम्मेद्वारी फिर्ता लिई पुनः नेकपा (एमाले) मै फर्किनुभएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सचिवालय सदस्य समेत रहनुभएका पाण्डेले कपिवलवस्तु क्षेत्र नंं.१ (क) मा हाम्रो नेपाल पार्टीबाटबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । आज पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्र र जनताको हितमा नेकपा (एमाले) को विकल्प यो राष्ट्रमा नरहेकाले आजैका मिति देखि नै उम्मेद्वारी फिर्ता लिई पुनः एमालेमै फर्किएको घोषणा गर्नुभएको हो ।

पाण्डेले जारी गर्नुभएको प्रेस विज्ञप्ति जारी गरि नेकपा (एमाले) का उम्मेद्वारहरु नै ठिक रहेकाले क्षेत्रवासी आम मतदाताहरुलाई सुर्य चिन्हमा मतदान गरि बहुमतका साथ संघिय र प्रदेशमा सरकार निर्माण्का लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

साथै पाण्डेका समर्थक असिम भट्राई, हेमन्त क्षेत्री, मुक्ति बहादुर शाहि लगायत सबै समर्थक एमालेमा प्रवेश गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, पार्टी जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्की, प्रदेश १ (१) संयोजक भेषराज पाण्डे, सह संयोजक शंकर पाण्डे, जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, बाणगंगा नगर कमिटी सदस्य मनोज कुमार खत्री लगायतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार १२:२६