अर्घाखाँचीमा गठबन्धन एक ढिक्का भएसंगै विपक्षीहरु अतालिए – नेता के सी

[sharethis-inline-buttons]
अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले राजनीतिक यात्रामा आफु हालसम्म निश्कलङ्कित रहेकोले चुनाव जित्ने दाबी गर्नुभएको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा पार्टी र गठबन्धनले विस्वाँस गरेकोमा धन्यवाद दिंदै नेता के.सी.ले आफुले जितेपछि राजनीति,जनता र जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा सन्धिखर्क १ र २ ले चुत्रावेसीमा आयोजना गरेको आसन्न निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो संकल्प गर्नुभएको हो ।
“अहिले चुनावमा पैसाले भोट किन्ने र जितेपछि लगानी फर्काउनमै ब्यस्त भएको देखिन्छ,नेता के.सी.ले भन्नुभयो,“पैसा र व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीतिमा लाग्नु हुदैन ।” नेता के.सी.ले थप्नुभयो,“निर्वाचनमा अमुल्य भोट मलाई दिनुस्,त्यो जित मेरो र तपाईको मात्रै हैन सिङ्गो जिल्लाको जित हुनेछ ।” नेता के.सी.ले अर्घाखाँचीमा गठबन्धन एक ढिक्का भएसंगै विपक्षीहरु अताल्लिएको आरोप समेत लगाउनुभएको छ ।
 कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी., सन्धिखर्क नगर अध्यक्ष कमल प्रसाद घिमिरे र अखिल नेपाल उद्योग ब्यापार संघ केन्द्रिय अध्यक्ष ढुन्डिराज आचार्यले मन्तव्य राख्दै निर्वाचनमा गठबन्धनलाई जिताउन असार १५ सम्झिएर काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
राजमो सन्धिखर्क २ का अध्यक्ष जिवनारायण खनालको अध्यक्षता,मिना वि.सी.को स्वागत मन्तव्य र तुल्सीराम खनालको संचालनमा सम्पन्न भेलाले मिना वि.सी. संयोजक रहेको सन्धिखर्क १ को ५ सदस्यिय निर्वाचन परिचालन समिति र राधा आचार्य सम्योजक रहेको १ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको छ ।
यस्तै जिवनारायण खनाल सम्योजक रहेको ५ सदस्यीय सन्धिखर्क–२ को निर्वाचन परिचालन समिति र साजन वली सम्योजक रहेको २ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको बताइएको छ ।
यसैविच राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरसमितिले आसन्न निर्वाचनमा प्रतिगमनलाई घुंडा टेकाउन एक जुट भएर लाग्ने निर्णय गरेको छ ।
  पोखेडाँडामा सम्पन्न नगर समितिको बैठकले मुलुकका उपलब्धिको रक्षा र जिल्लाको समग्र विकासको निम्ती बाम लोकतान्त्रिक गठबन्धनको खाँचो रहेको निष्कर्ष निकाल्दै नगरको सिङ्गो टिम चुनावी अभियानमा लाग्ने निर्णय गरेको हो ।
 नगर समिति अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा राजमो केन्द्रिय सदस्य झविलाल थापा,सागर के.सी.,जिल्ला सचिव बाबुराम पन्थी,अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना,नगर इन्चार्ज तुल्सीराम वेल्वासेले सहजीकरण गर्नुभएको थियो ।
बैठकले कार्तिक २ गते १० वटै वडा समितिका बैठक बस्ने गरि हिमलाल बन्जाडे संयोजक र चेतनारायण गैरे सह–संयोजक रहेको २ सय ५ सदस्यिय प्रचार–प्रसार समिति, निर्वाचन क्षेत्र नम्बर १ क मा खड्क बहादुर थापा संयोजक रहेको ९ सदस्यिय र निर्वाचन क्षेत्र नम्बर १ ख मा खिमानन्द वेल्वासे संयोजक रहेको ११ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको नगर अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक २, बुधबार १७:४२