
हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका सचिवालय सदस्य तथा बाणगंगा नगर ईन्चार्ज स्व. रमेश केसीको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । सडक दुर्घट्नामा परि उपचारको क्रममा युवा नेता केसीको असोज २७ गतेका दिन दुःखद निधन भएको थियो । स्व.केसीको निधनको नवौं दिनको स्मृतिमा उहाँकै निवास बाणगंगा ९ वर्दवामा शोक सभा सम्पन्न गरिएको थियो ।
केसीले संगठन र पार्टीका लागि गरेको योगदान र संघर्ष स्मरण गर्दै संगठनका पदाधिकारी तथा सदस्यहरुले उहाँको तस्बिरमा टिका लगाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले स्व.केसीको जिवनी वाचन गर्दै उहाँको निधनले संगठन परिवार निकै स्तब्ध भएको बताउनुभयो । केसीको संगठन प्रतिको जिम्मेवार वहन, अनुशासन र संघर्षको उच्च प्रशंसा गर्दै सदैव स्मरणमा रहिरहने बताउनुभयो । अध्यक्ष क्षेत्रीले यस दुःखद घडीमा शोक लाई शक्तिमा बदल्दै रमेश केसीको परिवार र बालबच्चाको सहयोग र साथमा संगठन नेतृत्व रहेको बताउनुभयो । उहाँले पार्टी र संगठन प्रति गरेको त्याग र संघर्षलाई सदैव मार्गदर्शन बनाएर अगाडि बढ्ने बताउदै केसीको आवश्यकता सधै खड्किरहने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले लेखा आयोग केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अनुशासित र होनहार युवा केसीको अकल्पनीय निधनले सिङ्गो पार्टी पक्ति दुःखित भएको भन्दै दुर्घट्नाको मुख्य कारण छाडा चौपाया, जीर्ण सडक र स्थानीय स्तरमा राम्रो अस्पतालको अभावले रमेश केसीको जस्तै अकालमा कसैको पनि ज्यान जान नपरोस् भन्ने कामना गर्नुभएको थियो । पन्थीले केसीका सपना परिवार र सबैजना मिलेर गर्नुको विकल्प नरहेको बताउदै केसी परिवारसंग आफु सदैव साथमा रहने बताउनुभयो । उहाँले स्व.केसी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजन प्रति समवेदना प्रकट गर्नुभयो ।
त्यस्तै पार्टी जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले सिंगो पार्टी र संगठनलाई उचाईमा लैजानका लागि केसीले गरेको योगदानको सदैव स्मरण गर्दै श्रदाञ्जली व्यक्त गर्नुभयो ।
एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला कमिटी सचिवालय सदस्यहरु, बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डे, पार्टीका प्रदेश कमिटी सदस्य तथा युवा ईन्चार्ज चक्रपाणि अर्याल, संगठनका केन्द्रिय सदस्य तथा जिल्ला युवा ईन्चार्ज कृष्ण सापकोटा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपाल मणि ज्ञवाली, केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज विजय कुवंर, जिल्ला सचिव लगायतको उपस्थिती रहेको शोक सभामा जिल्ला कमिटी तथा बाणगंगा नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।

