मतदाता भन्छन् ‘एमालेका उम्मेद्वार विकास प्रेमी’

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ का उम्मेद्वारहरुलाई विकास प्रेमी नेता भन्दै मतदाताले घरघरमा स्वागत गरेका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नं. १ (क) प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थी र प्रदेश सभा (ख) का उम्मेद्वार मधुसुदन शरण चौधरी लगायतका तीनै जना उम्मेद्वारहरुलाई मतदाताले स्वागत गरेका हुन् ।

सोहि क्रममा विभिन्न स्थानमा मतदाता भेटघाट तथा पार्टीका सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ भने कपिलवस्तु नगरपालिका पचेहरामा पनि पार्टीका सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सांसद पदका उम्मेद्वार बिष्णु पन्थीले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो भने कपिलवस्तु नगरपालिका वडा नं. ९ का बन्डौली, निग्लिहवा, श्रीनगर, चम्किपुर लगायतका विभिन्न स्थानका मतदाता भेटघाट गर्नुभएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारीे र प्रदेश सांसद पदका उम्मेद्पार पन्थीले नदी किनारको खेतीयोग्य जमिन र वस्ती जोगाउनका लागि बाणगंगा नदीमा तटबन्धन गर्ने बताउनुभयको छ । त्यस्तै मतदाता तथा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उम्मेद्वार अधिकारी र पन्थीले चार नम्बर जितपुरमा बुद्ध रंगशालाकोे स्तरोन्नती गरि खेलकुद क्षेत्रलाई अगाडि बढाउने बताउनुभयो ।
विकासको खाका लिएर एमालेका उम्मेद्वारहरु मतदातासंग भेटघाट कार्यक्रममा सक्रिय हुनुभएको छ । मतदाताले पनि विकास प्रेमी जिम्मेवार नेता भन्दै खुसी व्यक्त गरिरहेका छन् ।

त्यस्तै दुवै जना उम्मेद्वारहरु बाणगंगा ८ मायादेवी रंगशालामा आयोजना गरि कलम खुल्ला नकआउट फुटवल प्रतियोगिताको समापन कार्यक्रममा समेत पुगि खेलाडीहरुलाई प्रोत्साहन गर्नुभएको छ । उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्दै खेलकुद क्षेत्रलाई आफुहरुले विशेष प्राथमिकता दिने बताउनुभयो ।

क्षेत्र नंं.१ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार १४:५२