विकासको ठोस योजना सहित मत माग्दै राप्रपाका उम्मेद्वार रायमाझी, राप्रपामा प्रवेश गर्नेको लहर

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नं. १ का उम्मेद्वारले ठोस योजनाका साथ मतदातासंग भेटघाट तथा उनीहरुका आवश्यकता नियाल्न सक्रियताका साथ लागिपरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्दै मतदाता भेटघाटलाई तिब्रता दिएको हो । सोहि क्रममा कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार युवा नेता विकासको खाका लिएर चुनावी मैदानमा उत्रीनुभएको छ ।

यस अगाडि पनि समाजसेवामा निरन्तर होमिएका रायमाझीले यति बेला मतदाता भेटघाटलाई तिब्रता दिनुभएको छ । नयाँ भिजनका साथ मतदाता भेटघाटलाई तिब्रता दिंदै स्थानीयका माग र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउदै रायमाझीले निर्वाचनका बेला मात्र नभई सदैव जनताको साथमा रहने बताउदै मतदाता भेटघाट गरिरहनुभएको छ ।

सोहि क्रममा आज जिल्लाको मायादेवी गाँउपालिकाको वडा नम्बर २ र ८ का नन्दनगर लगायत विभिन्न ठाउँका मतदातासंग अन्तकिया र आशिर्वाद लिन घरदैलो कार्यक्रम गर्दा अहिलेको गठबन्धन प्रति बिरोध जनाउँदै राप्रपा प्रति आकर्षित भई पार्टिमा प्रबेश गर्नेको लहर चलेको छ ।

बर्षौदेखि ठुला भनौदा पार्टीहरु देश र जनताको लागि केहि गर्न नसेकेको भन्दै अब जनताको बलियो विकल्प रहेको पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रायमाझीले बताउनुभयो । उहाँले जनताको आधारभुत आवश्यकताबाट विकासको सुरुवात गर्नका लागि हलो चिन्हमा मतदान गरि जिताउनुहुन अनुरोध गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १८:२४