पार्टीका उम्मेद्वारलाई विजयी गराउन अहम भुमिका खेल्ने अनेरास्ववियुको निष्कर्ष

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु क्षेत्र नंं. १ (२) को छलफल सम्पन्न गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारलाई बहुमत सहित विजयी गराउनका लागि अनेरास्ववियुको अहम भुमिका हुने भएको हुंदा उक्त छलफल गरिएको जिल्ला अध्यक्ष अन्जित खनालले बताउनुभएको छ । मंसिर ४ गते हुने निर्वाचन नजिकिएसंगै अनेरास्ववियु अब सक्रियताका साथ लाग्नुपर्नेमा उक्त छलफलमा जोड दिईएको छ । पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुलाई हरेक वुथमा खटाउने तथा स्वयंसेवकको जिम्मेवारी समेत प्रदान गर्ने निर्णय गरिएको छ ।

पार्टी र पार्टीका उम्मेद्वारलाई आवश्यक परेको खण्डमा सदैव साथ सहयोगका लागि अनेरास्ववियु तयार रहेको जिल्ला अध्यक्ष खनालले बताउनुभयो । अध्यक्ष खनालले अनेरास्ववियु जिल्ला कमिटीका हरेक क्रियाकलापहरुको बारेमा पार्र्टीसंग समन्वय गरि रिपोर्टिङ गर्ने बताउनुभयो । त्यस्तै बैठक तथा छलफलका प्रमुख संगठनका केन्द्रिय कमिटी सदस्य अजय चौधरीले अनेरास्ववियु नेता उत्पादन गर्ने संगठन भएकाले पार्टीलाई सदैव अनेरास्ववियुको आवश्यक पर्ने बताउनुभयो ।

क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीलाई थप बलियो, मजबुत बनाउन र उम्मेद्वारलाई जिताउनका लागि अनेरास्ववियुका विशेष भुमिका रहने बताउनुभयो । पार्टीका जिल्ला ईन्चार्ज समेत रहनुभएका अधिकारीले अनेरास्ववियुबाटै राजनीति सिक्दै अगाडि बढेका नेताहरुले मात्र फड्को मार्ने भएकाले अनेरास्ववियुलाई पार्टीको सदैव साथ र सहयोग रहने बताउनुभयो ।

जिल्ला अध्यक्ष अन्जित खनालको अध्यक्षता रहेको छलफलमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य बिष्णु गौतम, जिल्ला कमिटी सदस्य श्याम यादव, अनेरास्ववियु निवर्तमान जिल्ला अध्यक्ष दयाराम पौडेल, पार्टीका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला ईन्चार्ज गोपाल मणि ज्ञवाली, पार्टीका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष कमल क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।


प्रकाशित : २०७९ कार्तिक १२, शनिबार १७:५७