बाणगंगाका प्रत्येक वडामा युवा भेला तथा प्रशिक्षण गर्दै राष्ट्रिय युवा संघ नेपाल

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नंं. १० वडा कमिटीको आयोजनामा युवा भेला, चुनावी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) का उम्मेद्वारलाई विजयी गराउन अहम भुमिका खेल्नुपर्नेमा उक्त कार्यक्रममा जोड दिईएको छ ।

एक बुथ, सय युथ अभियानलाई बाणगंगा नगरपालिकामा तिब्रता दिईएको संगठनका नगर कमिटी अध्यक्ष कमल घिमिरेले बताउनुभयो । वडामा गरिएको उक्त कार्यक्रममा निर्वाचन आचार संहिताको पालना गर्दै आ आफ्नो वडा तथा टोलटोलमा युवा परिचालन हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य बिमला घिमिरेले बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माको विशिष्ठ आतिथ्यता, पार्टीका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कमल क्षेत्री, जिल्ला कमिटी सदस्य यम प्रसाद पोख्रेल, संगठनका जिल्ला कमिटी सदस्य नविन राना, बाणगंगा नगर कमिटी अध्यक्ष कमल घिमिरे, संगठनका जिल्ला सदस्य तथा वडा ईन्चार्ज राजेन्द्र भुसाल, संगठनका वडा कमिटी अध्यक्ष विष्णु मति चौधरीको आतिथ्यता रहेको उक्त कार्यक्रम वडा कमिटिी सचिव माधव गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार १८:१२