कृषकका समस्या समाधानलाई प्राथमिकता दिनेछु : उम्मेद्वार रायमाझी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार धुव्र रायमाझीले सरकार कृषकका समस्या प्रति मूकदर्शक बनेर बसेको बताउनु भएको छ । आज जिल्लाको मायादेवी गाउँपालिकाको वडा नम्बर २ र ५ मा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन तथा युवा सङ्गको अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेद्वार रायमाझीले अधिकांश जनता संलग्न भएको कृषि क्षेत्र प्रति सरकारले बेवास्ता गर्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहनुभएका रायमाझीले देशका जनताको मुहारमा खुसि ल्याउनको लागी कृषिमा जोड दिन आवश्यक रहेको बताउँदै अब पुरानो कृषि परम्परा बाट केही कुरा सिक्दै कृषिमा आधुनिकता ल्याउनुपर्ने बताउनु भएको छ । कृषि प्रधान देश भएर पनि कृषकका समस्या नसुनिनु दुखद कुरा भएको बताउँदै अबको निर्वाचनमा त्यस्ता दल र दलका प्रतिनिधिलाई विदाइ गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा १ ख का उम्मेद्वार रोशन साहले देशको प्रभावकारी विकासको लागि राप्रपाका विचार, सिद्धान्त र एजेण्डा नै उत्तम रहेकोले आफु सहित राप्रपाका सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मायादेवी गाउँपालिका २ र ५ का २० जना विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए । प्रवेश गर्दे नवप्रवेशीहरुले वर्तमान स्थितीमा राप्रपा नै उत्त्म रहेकोले आफु यसमा प्रवेश गरेको बताउँदै अब राप्रपाले नै देशको विकास गर्न सक्ने बताएका थिए ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार ०७:११