
लुदअ, कपिलवस्तु
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका कार्यकर्ता माथी पोष्टर च्यातेको आरोप लागेको छ । लोसपाको उम्मेदवारको प्रचारका लागी राखिएको पोष्टर काँग्रेसका कार्यकर्ताले च्यातेको लोसपाका उम्मेदवार अकवाल अहमद शाहले बताउनु भएको छ ।
प्रत्रकार सँग कुरा गर्दै उहाँले जनता सँग प्रत्यक्ष सम्वन्ध भएको कारणले गर्दा आफ्नो प्रचार सामाग्री च्यातेर त्यसमा काँग्रेसको प्रचार सामाग्री राख्ने गरेको दाबी गर्नु भयो । आफुले मन्त्री हुँदा र अन्य समयमा विकास निर्माण, शिक्षा, विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृती, विद्यालय मदरसा निर्माणका लागि धेरै काम गरेको बताउनु भयो ।
उहाँले काँग्रेस कार्यकर्तालाई आफ्नो पोष्टर नच्यात्न आग्रह समेत गर्नु भएको छ । एमालेले हाल सम्म पोष्टर नटासेको कारणले काँग्रेस बाहेक अरु कसैले पोष्टर नच्यातेको बताउनु भयो । उहाँले यस विषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराएको बताउनु भयो । लोसपाबाट संघिय सांसद पदका लागि उम्मेदवार रहनु भएका शाह अहिले घर दैलो गर्दै जनता सँग मत माग्न ब्यस्त हुनु हुन्छ । उहाँले मतदाताले क्षेत्रको विकासको लागि जनताले नया अनुहार को अपेक्षा गरेको समेत बताउनु भयो ।