अनुशासनले मतदाता प्रभावित पार्नुपर्छ : अध्यक्ष घिमिरे

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नंं. ७ वडा कमिटीको आयोजनामा युवा भेला, चुनावी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) का उम्मेद्वारलाई विजयी गराउन अहम भुमिका खेल्नुपर्नेमा उक्त कार्यक्रममा जोड दिईएको छ ।

एक बुथ, सय युथ अभियानलाई बाणगंगा नगरपालिकामा तिब्रता दिईएको संगठनका नगर कमिटी अध्यक्ष कमल घिमिरेले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर कमिटी अध्यक्ष घिमिरेले निर्वाचन आचार संहिताको पालना गर्दै आ आफ्नो वडा तथा टोलटोलमा युवा परिचालन हुनुपर्ने बताउनुभयो । अनुशासनले मात्र मतदाता प्रभाव पार्न सकिने भएकाले अनुशासन तथा मर्यादाक्रमलाई सम्पुर्ण युवाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नगर कमिटीका उपाध्यक्ष तथा वडा ईन्चार्ज तिलक गिरीको अध्यक्षता, संगठनका नगर कमिटी अध्यक्ष कमल घिमिरेको प्रमुख आतिथ्यता, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण बेल्बासे, जिल्ला कमिटी सचिवालय सदस्य नेत्र गिरी, नगर कमिटी सचिव बिष्णु गिरी, नगर कमिटी सदस्यहरु भिम थापा, रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य जयलाल गिरी, वडा कमिटी अध्यक्ष प्रताप गिरी लगायत संगठनका पदाधिकारीहरुको आतिथ्यता रहेको उक्त कार्यक्रम वडा कमिटी सचिव सिर्जना सेजवालको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार १८:२६