नागरिकतालाई चुनावी एजेण्डा बनाउन मिल्दैन, राष्ट्रियताको सवाल हो: उम्मेद्वार रायमाझी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु प्रतिनिधि सभा १ का उम्मेद्वार धुव्र रायमाझीले विगत ३०/३५ वर्षदेखि ठुला दल भनिने राजनैतिक दलका नेताले भोटका नाममा नागरिकता जस्तो संवेदनसिल विसयमा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ६ का विभिन्न गाउँहरुमा मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा रहनुभएको रायमाझीले राजनैतिक स्वार्थको लागि मात्र नागरिकतालई भोट माग्ने अस्त्र बनाएको बताउनु भएको हो ।

वास्तविक नेपाली नागरिकलाई नागरिकता बाट बञ्चित गराउँदै ठुला भनिने दलका नेताहरुले चुनाव जित्नैको लागि नागरिकताको विषयलाई चुनावी एजेण्डा बनाएर भोट मागेको बताउँदै त्यस्तो चरित्र बोक्ने जो सुकै भएपनि अहिलेको निर्वाचन बाट विदाई गर्नुपर्ने बताउनु भएको छ ।

उक्त क्षेत्रको ख प्रदेश सभाका उम्मेद्वार रोशन शाहको समेत उपस्थितीमा भएको उक्त कार्यक्रममा माओवादीका राजन प्रसाद यादव सहित विभिन्न पार्टी परित्याग गरी १५ जना राप्रपामा पार्टी प्रवेश गरेका थिए ।

 


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार ०८:१६