नेविसंघ छाडी अनेरास्ववियुमा आए विद्यार्थी नेता, अनेरास्ववियुको चुनावी भेला सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ को चुनावी भेला तथा शुभकामना आदनप्रदान कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु अनेरास्ववियुमा प्रवेश गरेका छन्। अनेरास्ववियु जिल्ला सहसचिव तथा निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का सयोंजक हेमराज खनालको अध्यक्षता, नेकपा (एमाले) कपिलवस्तु जिल्ला सह–सचिब सुशीला दर्लामीको प्रमुख आतिथ्यतामा चुनावी भेला तथा शुभकामना आदनप्रदान कार्यक्रम गोरुसिंगेमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेवि संघका विद्यार्थी नेता बिबेक तिवारीको नेतृत्वमा ११ जना अनेरास्ववियु प्रवेश गरेका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथी तथा अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जीत खनालले प्रवेश गरेका नवप्रवेशिलाई टिका र खादा सहित स्वागत गर्दै अनेरास्ववियु विद्यार्थीहरुको हक हितका लागी सधैं साथमा रहने बताउनुभयो । उहाँले अनेरास्ववियु नेता उत्पादन गर्ने संगठन भएकाले पार्टीलाई सदैव अनेरास्ववियुको आवश्यक पर्ने बताउनुभयो ।

अध्यक्ष खनालले पार्टी र पार्टीका उम्मेद्वारलाई आवश्यक परेको खण्डमा सदैव साथ सहयोगका लागि अनेरास्ववियु तयार रहेको बताउदै अनेरास्ववियु जिल्ला कमिटीका हरेक क्रियाकलापहरुको बारेमा पार्टीसंग समन्वय गरि रिपोर्टिङ गर्ने र पार्टीका उम्मेद्वारलाई जिताउनका लागि अनेरास्ववियुको विशेष भुमिका रहने बताउनुभयो ।

पारस मरासिनीको सञ्चालनमा रहेको उक्त कार्यक्रममा लुम्बीनी प्रदेश सचिवालय सदस्य झबिलाल प्रोखेल, लुम्बीनी प्रदेश सदस्य बाबुराम खनाल, नेता टेकराज पौडेल, नेकपा एमाले बुद्धभुमी नगर कमिटी अध्यक्ष मादुराम न्यौपाने, एमाले नगर कमिटी सचिव धुर्व न्यौपाने, धनु अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रकाश न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार ०८:२७