मतदाता भन्छन्, ‘अहिलेको भोट राप्रपालाई’ मत खेर जान नदिने उम्मेद्वार रायमाझीको वाचा

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तु जिल्लाको मायादेवाी गाउँपालिकाका सर्वसाधाराणले अबको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाहेक अरु हुन नसक्ने दाबी गरेका छन । आज मायादेवाी गाउँपालिकाका गणेसपुर, गौरा, सिनेनिया, मैनिहवा, तुल्सिडिहवा लागायतका विभिन्न गाउँमा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझी, प्रदेशसभा क्षेत्र नम्बर ख का उम्मेद्वार रोशन साह लगायत विभिन्न नेता कार्यक्रताको उपस्थितीमा भएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सर्वसाधारणले देशको विकास गर्ने अन्तिम विकल्प राप्रपा नै भएकोले अहिलेको निर्वाचनमा राप्रपालाई नै जिताउने बताएका हुन ।

गएका धेरै निर्वाचनमा अन्य दलका नेताहरुलाई जिताएर आफुहरुले देश माथि घात गरेको बताउँदै अब त्यस्तो गल्ति नदोहोर्याउने बताएका हुन । काम गर्लान भनेर पटक पटक चुनाव जिताए पनि आफुहरुको स्थिती भने झनै नाजुक भएको गुनासो गर्दै अब त्यसलाई सुधार गर्नको लागी राप्रपाका उम्मेद्वारलाई अहिले भोट हाल्ने तर राप्रपाका उम्मेद्वारले पनि त्यस्तै हर्कत गरे जनता नै सबैभन्दा ठुला दुस्मन भएर निस्कने चेतावनी समेत दिएका छन ।

त्यस्तै भेटभाट कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार धुव्र रायमाझीले चुनाव जिते जनता सगँ गरेका प्रतिबद्धता पुरा गर्ने बाचा गर्नुभएको थियो । जनता सगँ उनीहरुका समस्या बुझ्दै हिड्नुभएका रायमाझी जनताका समस्या प्रति आफु सचेत रहेको र त्यस्ता समस्या हटाउन हरपल तयार रहेको बताउनु भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार ०७:१६