एमाले उम्मेद्वार पुगेसंगै मतदाता हर्षित, भन्छन्, सुर्यलाई फेरी जिताउँछौं

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का मतदाताले एमालेका उम्मेद्वारलाई जिताउने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सभा (क) का उम्मेद्वार बिष्णु पन्थीलाई अवश्यक जिताउने बताएका हुन् । आज कपिलवस्तु नगरपालिका वडा नंं. ९ र १० कुश्मा, बैदौली, विकुली, जगदिशपुर, केवलपुर, लगायतका मतदाताले विगतमा अधिकारी र पन्थीले उत्कृष्ट विकासका काम गरेको बताउदै मंसिर ४ गते हुने निर्वाचनमा पनि अवश्य जिताउन आवश्यक रहेको बताएका हुन् । त्यस्तै संविधान सभा सदस्य समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार अधिकारीले निर्वाचनमा मात्र नभई सदैव जनताको साथमा रहने बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारलाई जिताउन आग्रह समेत गर्नुभएको छ । मतदाताका समस्या तथा गुनासाको सम्बोधन गर्दै कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, सडक लगायत विभिन्न क्षेत्रको विकासका लागि आफु र पार्टीका उम्मेद्वार सदैव लाग्ने बताउनुभयो ।

त्यस्तै विगतमा पन्थी सांसद हुंदा विभिन्न सडक कालोपत्रे तथा स्तरोन्नती लगायत विकास निर्माणका अनेकौ काम भएकाले उहाँ लोकप्रिय हुनुहुन्छ ।

विकुली देखि कुश्मा जोड्ने सडकखण्ड कालोपत्रेका लागि प्रदेश सरकारबाट २ करोड, हर्नामपुरको बाटो स्तरोन्नतिका लागि १० लाख, झुल्नीपुर कोपवा देखि जगदिशपुर जोड्ने सडकखण्डमा २० लाख, जगदिशपुर तालको अगाडि भ्उि टावर र सामुदायिक भवनका लागि रु २ करोड बजेट विनियोजन भएको भन्दै पन्थी लोकिप्रिय र जनताको काम गर्ने उम्मेद्वार अरु कुनै पनि पार्टीको नभएको भन्दै घरघरमा स्वागत गरेका छन् । त्यस्तै थारु संग्रलाय निर्माणका लागि पन्थीकै पहलमा प्रदेश सरकारबाट वजेट विनियोजन भएको भन्दै यस क्षेत्रका थारु समुदाय पनि हर्षित भएका छन् ।

त्यस्तै बाणगंगा ७ बनगाईमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । पछिल्लो समय नेकपा (एमाले) प्रवेश गर्नेको लहर चलेको छ ।

 


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार ०८:००