हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल महिला संघ क्षेत्र नं. १ (१) को मतदाता शिक्षा उपसमिति भेला सम्पन्न गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै बदर मत कम गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । निर्वाचन परिचालन कमिटीको पार्टी सम्पर्क कार्यालयमा आयोजित मतदान गर्ने प्रक्रियाको बारेमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य बिमला घिमिरेले अनेमसंघको नेतृत्वमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई भारी मतले विजयी गराउनका लागि गाउँगाउँ र टोलटोलका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न सम्पुर्णलाई निर्देशन समेत दिनुभएको छ ।
उपसमिति संयोजक सुर्य कुमारी शाहीको अध्यक्षता, सह संयोजक शान्ता पाण्डेको सञ्चालन रहेको कार्यक्रमाा उप समिति सदस्य धनु अधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै अनेमसंघ क्षेत्र नं. १ (१) को क्षेत्रीय भेला पनि सम्पन्न भएको छ । भेलाले पार्टीका उम्मेद्वारलाई जिताउनका लागि अनेमसंघले गर्नुपर्ने कामका लागि सदैव तयार रहनुपर्नेमा जोड दिएको छ । संयोजक शान्ता पाण्डेको अध्यक्षता, सहसंयोजक धनु अधिकारीको सञ्चालन रहेको भेलामा अनेमसंघ जिल्ला अध्यक्ष चेतना अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।