सबै जातजातीको साझा पार्टी एमाले : उम्मेद्वार चौधरी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार जन्जिर प्रसाद चौधरीले सबै जातजाती, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने पार्टी एमाले मात्र रहेको बताउनुभएको छ । देशमा भएका सामाजिक रुपान्तरणका हरेक क्रियाकलापमा एमालेको अतुलनीय रहेको उम्मेद्वार चौधरीले बताउनुभएको हो ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहनुभएका चौधरीले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, लामो समय देखि अव्यवस्थित बसोवासीलाई यथोचित व्यवस्थापन गर्दै भुमिहिन र सुकुम्वासीहरुलाई यथाशिघ्र लालपुर्जा वितरण गर्ने जस्ता कार्यहरु एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव भएको बताउनुभएको हो ।

त्यस्तै घरवार बिहिन नागरिकलाई जनता आवास कार्यक्रम मार्फत बासको व्यबस्था सुनिश्चितता गर्ने, स्वास्थ्य विमा मार्फत प्रत्येक जनताको घरदैलोमा पु¥याउने जस्ता विभिन्न महत्वपुर्ण कार्य एमालेले सुरु गरेकाले एमाले सबैको साझा फुलवारी रहेको बताउनुभएको हो ।
एमाले नेतृत्वमा ७ वटै प्रदेश सरकार र संघिय सरकार निर्माणका सुर्य चिन्हमा मतदान गर्न आह्वान गर्दै देशैभर एमाले प्रति जनलहर जागेको उम्मेद्वार चौधरीले बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक २०, आईतवार १८:००