कांग्रेसका ८० प्रतिशत कार्यकर्ताको भोट मलाई आउँछ : गुरुङ

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारले तिव्रता लिएको छ । यतिवेला कपिलवस्तुका राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार ललित गुरुङले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । काँग्रेसका पूर्व क्षेत्रीय सभापति गुरुङ पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

कांग्रेस कार्यकर्ताको दवावमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउदै गुरुङले जनताको घरदैलोमा मत माग्नमा व्यस्त छन् । कपिलवस्तुको बाणगंगा ७ मा घरदैलो गर्दै कांग्रेसका ८० प्रतिशत कार्यकर्ताको भोट आफूले पाउने दावी समेत गरेका छन् । मतदाता भेटघाटका क्रममा गुरुङले आफूलाई भोट दिएर जिताउन आग्रह गर्दै प्रतिस्पर्धामा गठबन्धनको मत भन्दा धेरै मत आफ्नो पक्षमा खुलि सकेको भन्दै जित यसपाली आफ्नै हुने वताएका छन् । स्वाभिमानी नेता ललित गुरुङले नेपाली काँग्रेसले गठबन्धनको नाममा कपिलवस्तुमा आफनो राजनीति कमजोर बनाएको भन्दै काँग्रेस कार्यकर्ता र शुभेच्छुकले आफुलाई भोट दिने बताएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ को प्रतिनिधी सभाको स्वतन्त्र उम्मेदवार बन्नुभएका ललित गुरुङले सत्ता स्वार्थका लागि जेजस्ता गठबन्धन भएतापनि आम काँग्रेस कार्यकर्ता आफनो पक्षमा भएको बताए । आफुलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत गरेको गुरुङले मायादेवी अनलाइनलाई बताएका छन् । सत्ता स्वार्थका लागि जे जस्ता गठबन्धन भएपछि मतदाता ठूला दलवाट असन्तुष्ट भएकाले आफूले सुनिश्चित रुपमा जित्ने वताएका हुन् । काँग्रेस र माओवादीको कुनै सिद्धान्त र नीति नमिल्ने पार्टी सत्ता स्वार्थमा भएको गठबन्धन स्थितीमा कांग्रेस पुगेको गुरुङले वताए ।


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार १८:२४