विकासको मुल फुटाउनका लागि एमालेको सरकार आवश्यक : उम्मेद्वार न्यौपाने

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपानेले विकास र संमृद्धिको सुरुवात एमालेको सरकारले मात्र पुरा गर्ने बताउनुभएको छ ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ का विभिन्न स्थानका मतदातासंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका न्यौपानेले शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, खानेपानी, कृषि तथा भौतिक विकास निर्माणको गति बढाउनका लागि एमालेका उम्मेद्वारलाई अत्याधिक मतले विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहनुभएका न्यौपानेले मंसिर ४ पछि एमालेको नेतृत्वमा बन्ने सरकारले विकासको लहर ल्याउनेमा कुनै दुईमत नरहेको दावि गर्दै अहिले सबैजना निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेता न्यौपानेले एमालेले एयरपोर्ट बनाउँदा, गठबन्धन सरकारले जहाज उडाउन नसक्नु, एमालेले चुच्चे नक्सा बनाउँदा, गठबन्धन सरकारले आफ्नो भुमि फिर्ता लिन नसक्नु जस्ता कमजोरीका कारण गठबन्धन सरकार असफल भएको प्रमाणित भएको दावि गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार १८:०८