को हुन् प्रदेश सांसदका समानुपातिक उम्मेद्वार न्यौपाने, यस्तो छ ४० बर्षको राजनीतिक यात्रा !

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेद्वार, एक राजनीतिज्ञ र अनुशासित नेताको रुपमा चिनिनुहुन्छ । नेता न्यौपानले अहिले नेकपा (एमाले) केन्द्रिय सदस्य, कृषि तथा पशुपंक्षी विभाग प्रमुख एवम् लुम्बिनी प्रदेश सह–ईन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ ।

वि.स २०२० साल कार्तिक १० गते सालमा अर्घाखाँची जिल्लाको अत्यन्त विकट तत्कालीन गाउँ पञ्चायत (हाल पाणिनी–५) अमजा वडा नं. ७ मा बुबा खिमानन्द न्यौपाने र आमा टमकला न्यौपानेको दोस्रो सन्तानको रूपमा उहाँको जन्म भएको हो ।

न्यौपाने राजनीतिकसंगै समाजसेवा क्षेत्रमा लागेको ४० बर्ष भन्दा लामो समय भईसकेको छ । उहाँ वाल्यकाल देखि नै निकै सृजनशील र अध्ययनशिल स्वभावका हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनुभएका न्यौपाने राम्रो गरी हुर्कन नपाउँदै प्रवासिन पुग्नुभयो । घरको आर्थिक समस्या र अन्य विभिन्न कारणले गर्दा १४ वर्षको कलिलो उमेरमा सन् १९७८ मा विदेश (भारतको भोपाल) जानुभभएको थियो । १५ रुपियाँ मासिक तलबबाट जागिर सुरु गरेका न्यौपाने त्यहाँ करिब १८ महिना नोकरी गरेपछि १९७९ मा पन्जाबको लुधियाना, मलेरकोट्ला हुँदै हरियाणाको हाँसी पग्नुभयो । मेरा आफन्त दाजुभाइहरू हुनुहुन्थ्यो, त्यहीँ हाँसीको विद्युत कार्यालयमा नोकरी लाग्नुभयो ।

घरमा हाउसब्वाय (घरेलु कामदार) को रूपमा हाँसीमै काम गर्दै जाँदा असामान्य रूपमा मान्छेबिचको विभेद देख्दै, भोग्दै, बेहोर्दै समेत जानुभयो । त्यतिबेला उहाँमाथि अनेकौ दुःख कष्ट र अपमान भोग्नुभयो । एक/डेढ वर्षपछि घर आएर ललीकुमारी न्यौपानेलाई लिएर हरियाणा जानुभयो त्यहाँ बसाइ लामो भयो । त्यहीँ सङ्गठनको मातहतमा प्रौढ शिक्षालय खोल्नुभयो, ललीले त्यहीँ क, ख, ग सिक्नुभयो ।
यसरी त्यो सङ्गठन अर्थात् अखिल भारत नेपाली एकता समाज हाम्रो विश्वविद्यालय बन्यो । त्यहाँ पढेका, सिकेका सैद्धान्तिक, राजनैतिक ज्ञानलाई उहाँको नेतृत्वमा अरूलाई पनि बाँडियो ।

माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलगायतको अध्ययन, प्रशिक्षणकै प्रभाव हो, जसले अहिलेसम्म समाजवादी बाटोमा डो¥याइरहेको छ पछि एनेकपा (माओवादी) सित पार्टी एकतामा जानुभयो, ललीकुमारी न्यौपाने पनि एकीकृत नेकपा (माओवादी) को जिल्ला सदस्य हुनुभयो । आफ्ना जिम्मेवारी निर्वाह गर्दै हाल उहाँ नेकपाको सङ्गठित सदस्य हुनुहुन्छ । यहाँसम्म आइपुग्दा बुबा, दाजुभाइ, छोराछोरी, भाइबुहारी अर्थात् हाम्रो सगोल सपरिवारका सबै सदस्य कम्युनिस्ट पार्टीमा सङ्गठित हुनुभयो भाइ राधेश्याम न्यौपाने नेकपा जिल्ला समितिको सचिवालय सदस्य हुनुहुन्छ ।

तत्कालीन नेकपा (मसाल) ले भूमिगत रूपमा जुन ४, १९८४ तदनुसार २०४१ जेष्ठ २२ गते न्यौपानेलाई पार्टी सदस्यता प्रदान गरिएको जानकारी दिइयो । पार्टीको प्रवास क्षेत्रीय ब्युरोको त्यही मितिमा बसेको बैठकको निर्णयानुसार उहाँलाई सदस्यता दिने निर्णय भएको रहेछ । तर उहाँलाई त्यसको जानकारी जनवरी २६, १९८५ मा गराइएको थियो ।

त्यससंगै नेता न्यौपानेले भूमिगत रूपमा कम्युनिस्ट पार्टीमा पनि सेल, नगर समिति, जिल्ला समितिको सदस्य र सेक्रेटरी, भारत प्रवास समिति (भारत शाखा) को सदस्य हुँदै २०५५ सालमा सो समितिको सेक्रेटरीको जिम्मेवारी बहन गर्नुभयो । २०५८ सालमा पार्टीको केन्द्रीय सदस्य, २०५९ सालमा भारत प्रवास र तेस्रो मुलुकको इन्चार्ज हुँदै २०६३ सालमा सम्पन्न नेकपा (मसाल) को साताँै महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भएर काम समेत गर्नुभयो । सातौँ महाधिवेशनपछि भारत प्रवास क्षेत्रीय ब्युरोलाई ९ नं. क्षेत्रीय ब्युरो र भारतबाहिर तेस्रो मुलुकलाई १० नं. क्षेत्रीय ब्युरो बनाइएको थियो । उहाँलाई भारत प्रवासको ९ नं. क्षेत्रीय ब्युरो र तेस्रो मुलुकको १० नं. क्षेत्रीय ब्युरोको इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष रहँदै गर्दा २०६२ सालमा विश्वभरिका नेपाली एकता समाजलाई नेतृत्व दिने गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गर्ने निर्णय पार्टीमा भएको थियो । त्यसैअनुसार नवलपरासीमा भेला गरेर नेता न्यौपानेको अध्यक्षतामा अन्तर्राष्ट्रिय एकता समाज गठन गरियो । त्यसको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ ।

नेकपा (मसाल) मा मतभेद भएपछि अन्तरसङ्घर्षको क्रममा २०६७ साउन २ गते पुनर्गठित नेकपा (मसाल) गठन भयो उहाँ सो केन्द्रीय सङ्गठन समितिमा पोलिटब्युरो सदस्य हुनुहुन्थयो ।

नेता न्यौपानेले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सभापति/अध्यक्ष र पछि अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्ष भएको हैसियतले भारतसहित संसारभरि पार्टी तथा जनवर्गीय सङ्गठनमा नेतृत्व सहित काम गर्दै आउनुभएको थियो । त्यही क्रममा नेपालमा पनि पार्टी सङ्गठनमा काम गर्दै आइरहनुभएको थियो । त्यसरी काम गर्दा नेपालमा अधिकतम समय दिनुपर्ने आवश्यकता आइपरेको थियो । त्यही बेला अखिल नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्षसमेत भएर काम गदै हुनुहुन्थयो । उहाँकै प्रस्तावमा २०६६ सालबाट भारततिरको जिम्मेवारी विस्तारै विस्तारै त्यहीँका साथीहरूलाई जिम्मा दिएर नेपाल फर्किने सल्लाह भएको थियो । यहाँ आएर आन्तरिक रूपमा पार्टीको जिम्मा, त्यससँगै किसान सङ्घको काम व्यवस्थित गर्ने योजना बनेको थियो । सोहीअनुसार, किसान सङ्घको देशैभरि जिल्ला भेला गरियो । जिल्लाबाट आएका प्रतिनिधिको उपस्थितिमा राष्ट्रिय भेला पनि गरियो ।

जिल्लामा भएका किसानका समस्यालाई एकत्रित गरेर राष्ट्रियस्तरमा आन्दोलन उठाउन अन्तक्र्रिया, गोष्ठी, छलफल कार्यक्रम गर्ने, किसानको समस्यालाई लिएर कृषिमन्त्री, वनमन्त्री देखि प्रधानमन्त्री सम्मलाई ज्ञापनपत्र बुझाएर आवश्यकतानुसार आन्दोलनमा जाने तयारी भएको थियो ।

गणतन्त्र स्थापनापछि पहिलो संविधान सभाको निर्वाचनमा नेता न्यौपाने कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ राष्ट्रिय जनमोर्चाको उम्मेदवार हुनुहुन्थयो । पार्टीको मुख्य जिम्मा प्रवासको पार्टी सङ्गठन थियो । तर पनि सक्दो समय नेपालको सङ्गठनमा लगाउने गर्नुहुन्थयो । सोही क्रममा कपिलवस्तुमा उम्मेदवारीका साथै चुनाव प्रचार प्रसार गरियो संविधान सभाबाट संविधान लेखिनुपर्दछ भन्ने कम्युनिस्टको सात दशक अघिदेखिकै माग र आन्दोलन थियो । संविधान सभाको निर्वाचन इतिहासमा विरलै हुने निर्वाचन भएकाले जनताको बिचमा जाने र आफ्ना धारणा राख्ने काम भएको थियो ।

एमाले नेता न्यौपानेले विभिन्न कहालीलाग्दा घट्नाबाट नेपाली चेलीको उद्धार पनि गर्नुभएको छ । नोभेम्बर ३, १९८३ का राति हाँसी (हिसार, हरियाण) को गेस्ट हाउसमा १४ वर्षीय एक जना नेपाली बालकमाथि अप्राकृतिक यौन दुराचार भएको खबर बाहिरिएको थियो । त्यहीँका कामदारका साथै हैफेड मिलका म्यानेजरसमेतले ती बालकमाथि दुराचार गरेका थिए । घटनाको खबर बाहिरिएसँगै अखिल भारत नेपाली एकता समाजहाँसी एरिया समिति त्यसको विरुद्धमा सक्रिय भयो । त्यस क्रममा हाँसी एरिया समिति र हाँसी स्पिनिङ मिलमा कार्यरत मजदुरसहित नोभेम्बर ११, १९८३ का दिन संयुक्त जुलुस सम्पन्न गरिएको थियो । त्यतिखेर सहरभरिका सयौँ नेपाली तथा भारतीय मजदुर एकत्रित भएर निकालिएको जुलुसले सहर परिक्रमा गरी एसडिएमलाई ज्ञापनपत्र बुझाइएको थियो । उक्त विरोध कार्यक्रमपछि दो षीहरुलाई गिरफ्तार गरी कानुनी कारवाही गराउन एकता समाज सफल भएको थियो ।

१८ वर्षीया किशोरीलाई मुक्त गरियो
नेपाल नवलपरासी घर भएकी १८ वर्षीया किशोरी अन्जना (नाम बदलिएको) लाई दलालहरूले ललाई फकाई दिल्लीको जी.बी. रोडमा विक्री गरेका रहेछन् । केही समयपछि उनले एउटा पत्र लेखेर त्यहाँ आएको सरदारलाई मानवीय सहयोगको अपिल गरिन् । सर दारलाई त्यो पत्र दिएर उनले ‘यहाँ कसैलाई नभनिकन मेरो बुबालाई यो ठेगानामा रजिस्ट्री गरिदिनू’ भनेर बिन्ती गरिन् । त्यसपछि सरदारले त्यो पत्र लिएर बाहिर आएर रजिस्ट्री गरि दिए । त्यो पत्र घर पुग्यो । त्यो पत्र उनको परिवारले दिल्ली हामीकहाँ लिएर आउनुभयो । उहाँकै नेतृत्वमा त्यो पत्रमा लेखिएको ठेगानाको आधारमा दिल्ली पुलिसको हेडक्वाटरमा गएर रिपोर्ट गरियो । त्यसपछि दुई गाडी प्रहरीसहित राती ८ बजे वेश्यालयमा छापा मारियो । खोज्दै जाँदा चिठीमा लेखिएको नाम, कोठा नम्बर पत्ता लाग्यो । ती महिलालाई त्यहाँबाट मुक्त गरी नेपाल पठाइयो । नेपाल आएपछि विवाह गरी बालबच्चासहित पारिवारिक जीवन बिताउनुभएको छ ।

भारत पन्जाबको भटिण्डा (बठिण्डा) मा अर्घाखाँची घर भएकी बालिकाको दलालहरूद्वारा विक्री भएको सम्बन्धित घटनाबारे त्यतिबेला अखिल भारत नेपाली एकता समाजका महासचिव गिरधारीलाल न्यौपानेद्वारा सम्मानीय भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । भटिण्डाका प्रमुख जिल्ला अधिकारी मार्फत अप्रैल २२, १९९३ मा उक्त ज्ञापन पत्र बुझाइएको थियो ।
मे १५, १९९६ का दिन जम्मुकस्मिर राज्यअन्तर्गत कस्मिरनजिक लासजन एरियामा नेपाल तनहँु निवासी ८ जना नेपालीको हत्या भयो । त्यहाँका उग्रवादीहरूले उनीहरूलाई अमानवीय रूपमा राती १२ बजे लहरै उभ्याएर सामूहिक रूपमा एक–एकको हत्या गरे । उनीहरू सबै सँगै बस्दथे । मजदुरी गरेर खाने मजदुर थिए उनीहरू । उनीहरूको कुनै आन्दोलन, सरकार कसैसँग केही सरोकार थिएन । उनीहरूको एउटा मात्र उद्देश्य मजदुरी गरेर जीविकोपार्जन गर्ने थियो । यसरी निरपराध नेपालीको सामूहिक रूपमा हत्या भएको थियो । त्यो समयमा म उहाँ हैदरावादमा केन्द्रीय समितिको बैठकमा हुनुहुन्थयो । त्यसका साथै तुरुन्तै नेता न्यौपानेको नेतृत्वमा श्रीनगर जाने निर्णय पनि भयो ।
त्यस क्रममा त्यस क्रममा अखिल भारत नेपाली एकता समाजका सभापति समेत रहनुभएका गिरधारीलाल न्यौपानेको हस्ताक्षरमा जम्मुकस्मिरका राज्यपाललाई जुलाई १९९६ मा ज्ञापनपत्र बुझाइएको थियो ।

दिल्लीको सुमित्रा मगर हत्या
दिल्लीको वसन्तकुन्जमा तनहुँ आबुखैरेनी निवासी तिलकबहादुर २० वर्षीय सुमित्रा मगरसहित बस्दथे । उनीहरू विवाह भएको छ महिना पनि नपुग्दै दिल्ली आएका थिए । उनले श्रीमतीलाई कोठीमा घरेलु कामदारको रूपमा काममा लगाए । आफू छिमेकीको घरमा ड्राइभरको रूपमा काम गर्दथे । जुन ६, १९९७ का दिन बिहान १०ः१५ मा श्रीमतीलाई कोठीमै छोडेर आफू ड्युटीमा गए । जब उनी साँझ ७ बजे घर आए, उनको कोठा (सर्भेन्ट रुम) को बाहिर पुलिस उभिएका थिए । तिलकले सोधे– किन हो पुलिस आएको ? उनले यति के भनेका थिए, पुलिसले भन्यो– “बिबी को मारकर नाटक करता है ।

”त्यसपछि तिलकलाई पुलिसले गिरफ्तार गरेर पुलिसचौकी लग्यो । उनको पक्षमा बोल्ने कोही थिएन । नेपालबाट दिल्ली आएको पनि भर्खर भर्खर, केही थाहा थिएन । चौकीमा लगेपछि तिलकलाई धम्क्याएर “मेरी बिबी छत से कूदकर मर गई” भन्ने लेखेर जबर्जस्ती त्यसमा सहीछाप गर्न लगाए । केही घण्टापछि त्यसबारे हामीलाई जानकारी भयो । हामी दलबलसहित घटनास्थलमा गयौँ । पत्रकार बोलायौँ । घटनास्थलको निरीक्षण ग¥यौँ । निरीक्षण गर्दा सामूहिक रूपमा बलात्कार गरी हत्या गरेर घरको तेस्रो तल्लाबाट भुइँमा फालेको पाइयो । हाम्रो छानबिनमा उनले लगाएका चप्पल टुट्नु, गुप्ताङ्गसहित मुखको दायाबाया चोट हुनु, आत्महत्या हैन, बलात्कारपछि हत्या भएको पुष्टि भयो ।

त्यस घटनालाई लिएर जुन २२, १९९७ का दिन अखिल भारत नेपाली एकता समाजको आयोजनामा दिल्लीमा विशाल जुलुससहित सभा सम्पन्न भयो र हत्यारा पत्ता लगाउन तथा दोषीउपर कडा कारबाही गर्न उहाँकै नेतृत्वमा माग भयो । उक्त घटनालाई लिएर दिल्ली राज्यका राज्यपाल र पुलिस कमिस्नरलाई अलग अलग भेटी तुरुन्त कारबाही गर्न माग गरियो । घटनाको सिबिआई जाँच गर्न पनि माग गरियो । पुलिस–प्रशासन बिकिसकेको अवस्थामा हत्यारालाई उन्मुक्ति नदिने गरी कानुनी कारबाहीद्वारा न्याय दिलाउन प्रशासनसित नेता न्यौपानेको नेतृत्वमा जोडदार माग गरियो । रिपोर्ट गरेको २४ घण्टाभित्रै त्यस घटनामा छ जनालाई गिरफतार गरी मुद्दा अगाडि बढ्यो ।
आसाममा नेपालीहरूमाथि त्यहाँको पुलिसद्वारा गरिने ज्यादतीको विरुद्धमा तत्कालीन अखिल भारत नेपाली एकता समाजका सभापति गिरधारीलाल न्यौपानेको हस्ताक्षरमा भारत सरकारका माननीय गृहमन्त्रीको नाममा ज्ञापनपत्र बुझाइएको थियो ।

डोमिसाइल इलिजिबिलिटी प्रमाणपत्र
भारतमा काम गर्ने नेपालीहरू कस्मिरदेखि कन्याकुमारीसम्म र बङ्गालको खाडीदेखि गुजरातसम्म छन् । सन् १९५० को नेपाल–भारतको सन्धिअन्तर्गत नै नेपाली भारतमा र भारतीय नेपालमा बस्ने प्रचलनले वैधानिकता पाएका हो । यसैलाई “रोटीबेटीको सम्बन्ध” भन्ने पनि गरिन्छ । त्यसका बाबजुद यहाँ पुस्तौँपुस्तादेखि बसोवास गर्दै आएका नेपाली अब कहाँ जाने ? के गर्ने ? यो एउटा गम्भीर समस्या पटक–पटक उठ्दै आएको छ । १९५० को सन्धिअनुसार कुनै भेदभाव गर्न नमिल्ने भए पनि सरकारी, गैरसरकारी निकायमा काम गर्ने नेपाली कामदारको दिनचर्या बिग्रिन थाल्यो । नेपालीहरू समस्यामा देखिए । यसको ज्वलन्त उदाहरण हिमाचल प्रदेशमा देखियो । यसमा के गर्ने ? कसरी अगाडि बढ्ने ? यसबारे पहलकदमी हातमा लिँदै पहिलो पटक हिमाचलको राजधानी शिमलामा सेप्टेम्बर १९९७ मा डोमिसाइल इलिजिबिलिटी सर्टिफिकेटको विषयमा तत्कालीन मुख्यमन्त्रीलाई मेरो नेतृत्वको टिमले भेट्यो र विस्तृत रूपमा आधिकारिक दस्तावेजसहित कुरा राखियो । निष्कर्षमा मुख्यमन्त्रीले राज्यको नियम–कानुन र त्यसमा केन्द्र सरकारको अवस्थासहित बुझ्न सचिवस्तरीय कमिटीलाई जिम्मा लगाए । रिपोर्ट आएपछि औपचारिक रूपमा जानकारी गराउँछु भन्ने अभिव्यक्ति मुख्यमन्त्रीले दिनुभयो ।

त्यसको लगत्तै शिमलामा पत्रकार सम्मेलन गरी प्रवासी नेपाली मजदुरले स्याउ बोक्ने देखि भारी बोक्ने, हिमाचलका सरकारी, गैरसरकारी सङ्घसंस्थामा काम गर्ने पुस्तौँपुस्तादे खिका नेपालीको समस्या भारतीय जनतासमक्ष मिडियाको माध्यमबाट राखियो । पत्रकार साथीहरूबाट यो समस्यालाई राष्ट्रिय समाचार बनाएर हिमाचल राज्यमा नेपालीहरूमाथि हुने समस्याहरू भारतीय जनतामा सम्प्रेषण भयो । यसको केही समयपछि दिल्लीमा नेपाली राजदूतावास र नेपालको प्रधानमन्त्रीलाई हिमाचल प्रदेश, पूर्वोत्तर भारतको आसामलगायतका नेपालीको समस्याबारे विस्तृत छलफल गरेर नोभेम्बर २७, १९९८ का दिन नेता न्यौपानेकै नेतृत्वमा एक ज्ञापनपत्र बुझाईयो । राजदूतावासले भारतको परराष्ट्र मन्त्रालय, नेपाल सरकारसँग वार्ता गरी समस्या समाधान गर्न तत्काल प्रयत्न सुरु गर्न अनुरोध समेत गरियो ।

त्यस्तै तत्कालीन भारतका सम्माननीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी र माननीय गृहमन्त्री लालकृष्ण आडवाणीलाई सेप्टेम्बर १८, १९९८ का दिन अलग अलग भेटेर आसामको उम्लाफेरमा भएको आमहत्या र पूर्वोत्तर भारत नेपालीको समस्या र भारतव्यापी रूपमा नेपालीका समस्याबारे ज्ञापनपत्र बुझाइएको थियो । गिरधारीलाल न्यौपानेको नेतृत्वमा गोविन्दसिंह थापासहितको प्रतिनिधि मण्डलले सो ज्ञापनपत्र बुझाएको थियो ।

नेता गिरधारीलाल न्यौपानेका उदाहरणिय कार्यहरु संक्षेपमा

आन्सुसंग सहकार्य र सम्मेलनमा सहभागिता

भारतस्थित नेपालीको समस्याबारे काठमाडौं घोषणापत्र जारी

अन्य विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई पुनः ज्ञापन

डिफूमा भएको नरसंहार विरुद्ध

झुटो समाचारको खण्डन

जर्मन नेपाली एकता समाज गठन

भूकम्पपीडितको उद्धार गर्न गुजरातको भुज

कपिलवस्तु मधुवनमा कोणसभा

गिरिजाप्रसाद कोइराला र प्रचण्ड–बाबुरामसंग दिल्लीमा भेटघाट

२०६२–६३ को जनआन्दोलनलाई सहयोग

आरुषी–हेमराज घटनामा एकता समाजको प्रदर्शन

पर्यावरण रक्षाका लागि ज्ञापनपत्र

लुटपाटका विरुद्ध गोरखपुरमा जुलुस प्रदर्शन

डोल्मा शेर्पाको जीवनरक्षामा सफलता

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रथम भेला

भारतबाट पत्रिका प्रकाशन

एनेकपा (माओवादी) अवध राज्यको सहइन्चार्ज

सेती–महाकालीको इन्चार्ज

कपिलवस्तु जिल्लाको इन्चार्ज

दोस्रो संविधान सभाको चुनाव सम्पन्न भएपछि बसेको केन्द्रीय समितिको बैठकले फेरि केन्द्रीय सदस्यको कार्यविभाजन ग¥यो । सबै पोलिटब्युरो सदस्यहरू जिल्ला इन्चार्ज भएर आआफ्नो जिल्लामा जाने निर्णय भयो । २०७० माघको केन्द्रीय समिति बैठकको निर्णयानुसार नेता न्यौपाने कपिलवस्तु जिल्लाको इन्चार्ज भएर कार्यक्षेत्रमा आउनुभएको थियो ।

संविधान निर्माणमा जोड

भारतका गृहमन्त्रीलाई ज्ञापन

विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वका लागि संघर्ष

भारतमा नेपालीको समस्या र समाधान

उहाँको नेतृत्वमा भएका कामको पत्रीकामा प्रकाशित समाचारहरु

 

 


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार ०९:०१