कपिलवस्तु आएका रायमाझी भन्छन्, ‘आफ्नै नेतृत्वमा अर्घाखाँचीका टोलटोलमा बाटो पुगेको छ’

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) अर्घाखाँची क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप बहादुर रायमाझीले देशको राजनीति दुई धुर्वमा बांडिएको बताउनुभएको छ । एमाले केन्द्रिय सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रायमाझीले देशको राजनीति अब एमाले र कांग्रेसमा मात्र सिमित रहने आफ्नो पहिलेको आंकलन सहि दिशा तर्र्फ गईरहेको बताउनुभएको हो । कपिलवस्तुको चार नम्बर जितपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा रायमाझीले सत्ता पक्षका पार्टीहरु मिलेर प्रतिपक्षमा रहेको पार्टी एमालेको विरुद्ध महागठबन्धन गर्नु लज्जास्पद रहेको जिकिर गर्नुभयो ।

आफुलाई कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु कांग्रेससंग गठबन्धन गर्नुकोे उद्देश्य एमालेलाई सत्तामा जान नदिने षडयन्त्र रहेको रायमाझीको दावि रहेको छ । कुनै लक्ष्य वा उद्देश्य विना गठबन्धन गर्नुको उद्देश्य सत्तामा जाने मात्र भएको र एमालेको लक्ष्य र उद्देश्य स्पष्ट भएकाले एमालेसंग एक्लै लड्ने सामथ्र्य रहेको उहाँले बताउनुभयो ।

देशमा सडक, खानेपानी, शिक्षा, कृषि, रोजगार, विद्युतीकरण, सामाजिक सुरक्षा र न्यायको क्षेत्रमा एमालेको योगदान जनताले राम्रोसंग बुझेको भन्दै गठबन्धनलाई एमाले एक्लैले परास्त गर्ने रायमाझीले बताउनुभयो । देशैभरका सबै पहाडी जिल्ला मध्ये सबै भन्दा विकासको पहुंचमा पुगेको जिल्ला अर्घाखाँची भएकोले यसमा एमाले र आफ्नो नेतृत्वदायी भुमिका रहेको सबैलाई जिल्लावासीले स्पष्टसंग बुझेको बताउनुभयो ।

जिल्लाका ६१ वटै वडाका हरेक टोलटोलमा बाटो पुगेको र बाँकी रहेका काम पुरा गर्नका लागि सुर्यध्वजावाहक उम्मेद्वारहरुलाई विजयी गराई एमालेको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १३:१२