विकासको वाधक राजतन्त्र होईन, नेता इमान्दार भएनन् : रायमाझी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार धुर्व रायमाझीले राजतन्त्र विरोधि नभएर नेताहरु इमान्दारी नहुदाँ देशमा बिकास हुन नसकेको दावी गर्नुभएको छ । पटक पटक निर्वाचित भएका नेताको काम हेर्नको लगि भर्लवास देखी जिनुवा सम्मको बाटो हेरे छर्लङ्ग हुने भन्दै अब पनि जनताले पुरानै अनुहार रोज्ने प्रथालाई नभुले देश ठुलो दलदलमा फस्ने दाबी गर्नुभएको छ ।

आज कपिलवस्तुको चारनम्बरमा जेसिज कपिलवस्तुले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क का उम्मेद्वारहरु र जनता बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अरुलाई आरोप प्रत्यारोप भन्दा पनि अब देश विकास गर्ने नै हो भने सबै इमान्दार बन्नुपर्ने बताउनु भएको छ ।

जिल्लामा कयौँ सर्वसाधारण आफ्ना आधारभुत आवश्यक्ताहरु बाट समेत बञ्चित हुन परेको भन्दै ति सर्वसाधारणको आवश्यक्तालाई पुरा गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको उहाँले बताउनु भएको छ ।


प्रकाशित : २०७९ कार्तिक २७, आईतवार ०९:३०