एमाले जे बोल्छ त्यो पुरा गरेरै छाड्छ : उम्मेद्वार चौधरी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार जन्जिर प्रसाद चौधरीले एमालेले जे बोल्छ त्यो काम गर्ने बताउनुभएको छ । बाणगंगा नगरपालिका वडा नं. १ मतदातासंग भेटघाट तथा अन्तरक्रिया गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुंदा धेरै विकास निर्माणका काम सम्पन्न भएको उहाँले बताउनुभएको हो । चौधरीले देशमा कसैले कल्पना गर्न नसकेका धेरै विकासका कामको सुरुवात एमाले नेतृत्वको सरकारले गरेको स्पष्ट पार्नुभयो ।

सुरुङमार्ग निर्माण, रेल सुचारु, पेट्रोलियम पाईपलाईनको विस्तार, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक विस्तार, भुकम्प पुर्ननिर्माण, एक पालिका एक अस्पताल कार्यक्रमको सुरुवात, तुईन विस्थापन लगायतका महत्वपुर्ण कामहरु एमाले नेतृत्वको सरकारले गरेकाले बोलेका कुरा पुरा गर्ने बताउनुभएको हो ।

घरदैलो गर्दै उम्मेद्वार चौधरीले सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै आएको बताउदै ज्येष्ठ नागरिक भत्ता वृद्धि गरि ५ हजार पु¥याउने, वाल पोषण भत्ता, ज्येष्ठ नागरिक, गरिब, विपन्न, एकल र अपांगता भएका व्यक्तिलाई सहुलियत रुपमा स्वास्थ्य सेवा, घरबार विहिनलाई जनता आवास कार्यक्रम मार्फत बासको व्यवस्था गर्ने जस्ता काम एमालेको सरकारबाट मात्र सम्भव भएको बताउनुभयो ।

त्यस्तै चौधरीले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको निति अनुसार बार्षिक १५ सय स्यानीटरी प्याड खरिदका लागि बजेट दिने एमालेको घोषणा पत्रमा समावेश गरेको पनि बताउनुभयो । यी सबै कामहरु पुरा गर्नका लागि सुर्य चिन्हमा मतदान गर्न उहाँले अनुरोध गर्नुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक २८, सोमबार १५:५७