ओदारी र पचेहरामा सर्वसाधारणको राप्रपामा जनलहर

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
बाणगंगाको ओदारी र पचेहराका सर्वसाधारणले आफुहरुलई एमाले र गठबन्धनका उम्मेद्वारहरुले पटक पटक झुक्याएको भन्दै अब ति दलका विकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० आएको बताएका छन । आज राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले बाणगंगा वडा न। ११ का विभिन्न ठाउँमा गरिएको घरदैलो कार्यक्रममा राप्रपा अबको विकल्प भन्दै नारा नै लगाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुर्व रायमाझीले जनताले देखाएको यो मायाँलई आत्मसात गर्दै सधै जनताकै वरिपरी रहेर काम गर्ने बताउनु भएको थियो । विगतका दिनहरु हेर्दा काङ्ग्रेस र कम्युनिष्टका नेता निर्वाचन जितेर सेवा सुविधाको भोगि हुने गरेको भन्दै राप्रपाका उम्मेद्वारले त्यस्तो गर्न नसक्ने बताएका थिए । जिल्लामा पटक पटक जनतालाई झुटा आश्वासन मात्र देखाएर सांसद बन्नकै लागि मात्र निर्वाचन जितेका पात्रले गर्दा यहाँ रहेका सम्भावनाहरु पनि खेर गैरहेको भन्दै अब यि सम्भावनालई प्रभावकारी प्रयोग गर्दै जिल्लाको समुचित विकासको लागि आफु जिताउन उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभाका उम्मेद्वार भोजराज आचार्यले अब राप्रपाको विकल्प नभएकोले ढुक्क भएर हलोमा भोट गर्न आह्वान गर्नुभएको थियो । अफुहरुले अरु दलका नेताले जस्तो नहुने र नसक्ने गफ नगर्ने भन्दै सक्ने काम गरेर देखाउने बताउनु भएको थियो ।

त्यस्तै पकडीमा भएको कोणसभामा पनि उम्मेद्वार धुव्र रायमाझी लगायत क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले आफ्ना योजना र विचारहरु जनता माझ सुनाउनु भएको थियो । राप्रपाका योजनालाई निक्कै उत्कृष्ट मानेका सर्वसाधारणले अहिले राप्रपालाई जिताएर कपिलवस्तुलाई विकासको बाटोमा हिडाउने बताएका थिए ।


प्रकाशित : २०७९ कार्तिक २९, मंगलवार ०८:०१