
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला भरिनै भयरहित र शान्तीपुर्ण रुपमा सम्पन्न भएसंगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले अहोरात्र खटिने सम्पुर्ण युवाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनको मिति घोषणा भए पछि जिल्लाका सम्पूर्ण युवाहरुलाई समावेश गरि परिचालन गर्नुभएका जिल्ला अध्यक्ष क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
देशका तीन तहका सरकार मध्ये लोकतन्त्रको रक्षा र प्रजातान्त्रीक प्रणालीको लागि सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको महत्वपुर्ण घडीमा नेकपा (एमाले) का उम्मेद्वारहरुलाई जिताउन युवाहरुले अहम भुमिका खेलेको समेत अध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।
निर्वाचनको यो घडीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने पार्टीका अग्रज नेता, संगठन जिल्ला कमिटीका पदाधिकारी, सदस्य, जिल्लाका १० वटै पालिका कमिटीका पदाधिकारी, सदस्य एवम् राजनैतिक, गैरराजनीतिक दलका आमाबुवा, दाजुभाई, दिदीबहिनी, मतदाता सम्पुर्णलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नुभएको छ ।
साथै निर्वाचन सम्पन्न गर्नमा अहम भुमिका खेल्ने सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायत सम्पुर्णलाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।