हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा मा नेकपा (एमाले) का बलराम अधिकारी फराकिलो मतान्तरले विजयी हुनभएको छ । ५ दलीय गठबन्धनबाट उम्मेद्वारी दिएका चक्रपाणि खनाल (बलदेव) लाई फराकिलो मतान्तले पराजित गर्दै अधिकारी विजयी हुनुभएको हो ।
एमाले का केन्द्रिय सदस्य, कपिलवस्तु जिल्ला ईञ्चार्ज समेत रहेका अधिकारी ३४ हजार ६ सय ७५ मत सहित विजयी हुनुभएको हो भने माओवादी सचिव समेत रहेका खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका अधिकारी १५ हजार ६ सय ९२ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो ।




















