जिल्ला अध्यक्ष शर्माद्धारा एमाले प्रति देखाएको सम्मान प्रति सम्पुर्णमा आभार व्यक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबासीले नेकपा (एमाले) प्रति सूर्य चिन्हमा मतदान गरी देखाउनु भएको सम्मान्, माया, स्नेह, सदभाव प्रति उच्च सम्मान ब्यक्त गर्नुभएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्तीमा कपिलवस्तुवासीले नेकपा (एमाले) प्रति देखाउनु भएको यस प्रकारको सम्मान एवम् शुभेच्क्षाबाट आफनो पार्टीलाई थप उर्जा, बल प्राप्त हुने विज्ञप्तीमा भनिएको छ । एमाले जिल्ला अध्यक्ष शर्माले निर्वाचनका सन्दर्भमा गरिएका प्रतिवद्धता र जनचाहना अनुरुप समृद्ध कपिलवस्तु, सुखी कपिलवस्तुवासीको चाहना पुरा गर्ने कामका निम्ति जननिर्वाचन प्रतिनिधी, सिंगो पार्टी पक्ति, राजनैतिक दल र सरोकारवाला बीच सहकार्य गर्दै अगाडी बढने कुरा जारी विज्ञप्तीमा स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष शर्माद्धारा जारी विज्ञप्ती मार्फत प्रतिनिधी सभा तथा प्रदेश सभामा नेकपा (एमाले) एवम् अन्य दलबाट निर्वाचित हुनु हुने सबै जनप्रतिनिधी प्रति बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं भनिएको छ । जारी विज्ञप्तीमा लोकतान्त्रिक प्रक्रियामा विजेता बन्नु र उपविजेता बन्ने कुरा स्वभाविक रहेको र यही नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै जिल्लाको समग्र विकासका निम्ति सबै पक्षको अहम भूमिका रहने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको उल्लेख गरिएको छ ।

अध्यक्ष शर्माले निर्वाचनका सन्दर्भमा प्रत्यक्ष एवम् परोक्ष रुपमा पार्टीका उम्मेद्वार र सिंगो निर्वाचनलाई सफल पार्नका निम्ति योगदान पु¥याउनुहुने सिंगो पार्टी पक्ति, सुरक्षाकर्मी, सचारकर्मी, निर्वाचनमा खटिनुहुने कर्मचारी एवम् आम जिल्लाबासी प्रति हार्दिक धन्यवाद, आभार एवम् कृतज्ञता ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।


प्रकाशित : २०७९ मंसिर १०, शनिबार १७:०३