अनेरास्ववियु नेता एडीको विभत्स हत्या प्रति अनेरास्ववियु कपिलवस्तुको घोर भत्र्सना

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तुले अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य चेतन एडीको विभत्स हत्या गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्धर्वमा मंसिर ४ गते निर्वाचन सम्पन्न भईसके पछि बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ७ स्थित सुतिरहेको अवस्थामा अनेरास्ववियु नेता एडीको मतदानको बिषयलाई लिएर घर फुटाएर भित्र पसी विभत्स हत्या गरिएको प्रति एक ज्ञापन पत्र जारी गर्दै घोर भत्र्सना सहित गम्भिर ध्यानाकर्षण भएकोले सोहि ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पठाईएको जिल्ला अध्यक्ष अन्जित खनालले बताउनुभएको छ ।

ज्ञापन पत्रमा असक्षम सत्ता गठबन्धन सरकारले निर्वाचन शान्तिपुरर्ण रुपले गर्न नचाहानु र आफ्नै सत्ता गठबन्धन सत्ताको आडमा जनताको हत्या हुंदा सम्म टुलुटुलु हेरिहरनुले यो सत्ता गठबन्धन अपराजित क्रियाकलापको संरक्षणमा लागेको कुरा स्पष्ट देखिएको उल्लेख गरिएको छ ।

सत्ता गठबन्धनको आडमा भएको यस्तो विभत्स हत्याको तत्काल छानविन गरि अपराधिलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन समेत ज्ञापन पत्र मार्फत जोडदार माग गरिएको छ । साथै हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ कानुनी दायरामा नल्याय अनेरास्ववियु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनालको हस्ताक्षर रहेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु जिल्ला अध्यक्ष खनाल, सचिव सन्दिप आचार्य, सह सचिव हेमराज खनाल लगायतको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र


प्रकाशित : २०७९ मंसिर १४, बुधबार ०९:१८