ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको महेन्द्र मावि शिक्षक प्रकरण : विद्यार्थी बञ्चित, शिक्षकको जागिर प्रहरीमा कैद

Lumbini Darpan 2 २०७९ पुष ४, सोमबार ०८:०९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका लागि केही महिना अघि लिइएको परीक्षाको नतिजा हाल सम्म पनि सार्वजनिक भएको छैन । जसका कारण विद्यालयको निमावि तहको अंग्रेजी र कम्प्युटर तथा कक्षा ११ र १२ मा क्यामेस्ट्रि विषयको पठनपाठनमा बाधा पुगेको विद्यार्थीहरुको गुनासो छ । विद्यालयमा करार शिक्षक नियुक्तिको लागि लिइएको परिक्षामा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीले चलखेल गर्न खोजेको आरोप लागेको थियो ।

उक्त विषय राजनितिक अस्थित्वको लडाइ जस्तै बन्न पुग्दा परिक्षा लिइएका उत्तर पुस्तिका प्रहरी चौकि सम्म पुगे । हाल उक्त उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय पिपरामा कैद भएको छ । परिक्षा लिएको तीन महिना बिति सक्दा समेत नगरपालिकाले समाधान खोजेको छैन भने विद्यालयमा विषय शिक्षक नियुक्त नहुँदा पठनपाठन समेत प्रभावित भएको छ ।

गत भदौ महिनामा लिएको परिक्षामा रसायन विज्ञान (क्यामेष्ट्रि) विषय शिक्षक बन्न आवेदन दिएका परिक्षार्थी छुटेपछि उक्त विषयको सत्यतथ्य बुझ्न तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो । नगरपालिकाका सामाजिक विकास समितिका सभापति विष्णु गिरी, नगरपालिकाका कर्मचारी शान्तराज आचार्य र वडा नम्रब ६ का वडा अध्यक्ष करुण टण्डन सदस्य रहेको समिति गठन भएको थियो । सो विषयमा विद्यालय व्यवस्थापन समिति र छानविन समितिले चासो नदिएका कारण समस्याको सामाधान हुन नसकेको शिक्षा शाखा प्रमूख जि.सीले बताए । अहिले विद्यालयमा तीनवटा विषयका विषय शिक्षक छैनन् ।

छानविन समितिका संयोजक रहेका नगरपालिकाका सामाजिक विकास समितिका सभापति विष्णु गिरीसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । समितिका संयोजक सँग सम्पर्क नभएपछि लुम्बिनी दर्पणकर्मीले छानविन समितिका सदस्यहरुसँग प्रतिक्रिया लिएको थियो । यस विषयमा छानविन समितिका सदस्य शान्तराज आचार्यले प्रक्रिया अगाडी बढाइएको र अबको केही दिनमा समाधान खोजिने बताए । यस विषयमा विद्यालयका प्रधानाध्यापक तनुश्री भण्डारीले भने प्रक्रिया किन अलमल भयो भन्नेमा आफू जानकार नभएको बताइन ।

छानबिन समितिका अर्का सदस्य करुण टण्डनले भने चुनावी आचारसंहिताका कारण ढिलाइ भएको र निर्वाचनका बेला कर्मचारीहरु शान्तराज आचार्य निर्वाचनमा खटिएका कारण समितिले छानविनको काम गर्न नपाएको बताए । उनले पनि अब केही दिनमा प्रतिवेदन तयार पार्ने बताएका छन् ।

शिक्षक नियुक्तिका विषयमा विवाद भएपछि परिक्षार्थीका कापी इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको थियो । प्रहरी निरिक्षक दिपकबाबु के.सीका अनुसार उक्त कापी कार्यालयमा सुरक्षित रहेको र यस विषयमा अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढेको बताए । विद्यालयमा शिक्षक नियुक्ति समयमै गर्ननसक्दा शिक्षक बन्न परिक्षा दिएकाहरुको नतिजा प्रहरी कार्यालयमा थन्किएको छ भने विद्यालयमा पठनपाठनमा असर पुगिरहेको छ ।

 

लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा प्रकाशित


प्रकाशित : २०७९ पुष ४, सोमबार ०८:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech