प्रदेश नं १ का सांसदले आज शपथ लिने

[sharethis-inline-buttons]

लुदअ पुस ११, काठमाण्डौ
प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुहुनेछ । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा लिनुहुने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम र लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिनुभयो ।

नवनिर्वाचित सांसदका लागि प्रदेश सभा हल एवम् सचिवालय रङ्गरोगन गरिएको छ ।

 


प्रकाशित : २०७९ पुष ११, सोमबार ०७:१६