अनेमसंघ कपिलवस्तुको चौथो बैठक सम्पन्न, निर्वाचन बारे समिक्षा

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी कपिलवस्तुले संगठनको चौथो बैठक अन्तर्गत निर्वाचन समिक्षा सम्पन्न गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को बारेमा समिक्षा बैठक सम्पन्न भएका अनेमसंघ जिल्ला कमिटी सचिव धनु अधिकारीले जानकारी दिनुभयो । बैठकमा जिल्लामा सुर्य चिन्हबाट चुनावमा निर्वाचित हुनुभएका सबैलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त समेत गरिएको थियो । अनेमसंघले बार्षिकी कार्य योजना तयार गरि कार्य सुरु गरेको समेत बैठमा जानकारी गराईएको छ ।

बैठकका प्रमुख अतिथि अनेमसंघ केन्द्रिय सचिवालय सदस्य तथा पार्टी पोलिब्युरो सदस्य बिमला घिमिरेले निर्वाचनमा अनेमसंघले आफ्ना उम्मेद्वारलाई जिताउन खेलेको भुमिका निकै प्रशंसनीय रहेको बताउदै सांगठनिक गतिविधि अघि बढाउन निर्देशन दिनुभएको थियो । राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी घिमिरेले निर्वाचनमा मात्र नभई अन्य समयमा पनि संगठन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अनेमसंघ जिल्ला ईन्चार्ज शान्तीदेवी हरिजन, केन्द्रिय सदस्य शारदा शर्मा, पार्टी प्रदेश कमिटी सदस्य प्रभादेवी पौडेल, पार्टी जिल्ला कमिटी उपसचिव सुशिला दर्लामी लगायतले मन्तब्य राख्नुभएको थियो ।

चार नम्बर जितपुर पार्टी कार्यालयमा बसेको बैठक अनेमसंघ जिल्ला अध्यक्ष चेतना अधिकारीको अध्यक्षता र जिल्ला कमिटी सचिव धनु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ पुष १८, सोमबार १३:४१