अनेरास्ववियु बुद्धभूमि संगठन विस्तारमा सक्रिय, सिद्धार्थ स्मारक मा.वि. कमिटी गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले सक्रियता पुर्वक संगठन विस्तार कार्यमा लागेको छ । जिल्लाका १० पालिका कमिटी नै संगठन विस्तरमा लागेको जिल्ला अध्यक्ष अन्जित खनालले जानकारी दिनुभयो । सो क्रममा अनेरास्ववियु बुद्धभूमि नगर कमिटीले आफ्ना क्रियाकलापलाई तिब्रता दिएको नगर कमिटी अध्यक्ष पारस मरासिनीले बताउनुभएको छ ।

अनेरास्वयिु बुद्धभूमि नगर कमिटीको आयोजनामा सिद्धार्थ स्मारक मा.वि.कमिटी गठन गरिएको छ । धुर्व थारुको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सुशिल सुनार, नन्दीता सुनार, सचिवमा स्मृति पोख्रेल, सह सचिवमा निशा पोख्रेल, निरुता थारु, सीमा थारु र कोषाध्यक्षमा शारदा अधिकारी चयन भएका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

पुर्व जिल्ला कमिटी सदस्य निरज शर्माको अध्यक्षता, जिल्ला अध्यक्ष अन्जित खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम अनेरास्ववियु बुद्धभूमि नगर कमिटी अध्यक्ष पारस मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०७९ पुष १९, मंगलवार ०७:३८