अनेमसंघ महाराजगञ्ज नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कोरि चयन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल महिला संघ (अनेमसंघ) महाराजगञ्ज नगर कमिटीको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले पुष्पा कोरिको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको जिल्ला सचिव धनु अधिकारीले जानकारी दिनुभएको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा मोमिना खातुन, सचिवमा सोभावति पासि, सह सचिव बरसति कोरि, कोषाध्यक्षमा मानति कोरि चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ केन्द्रिय सदस्य शारदा शर्मा, पार्टीका जिल्ला उप सचिव सुसिला दरलामि लगायतले शुभकामना मत्नब्य राख्दै नवगठित नगरकमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य नवराज लामिछाने (भुपाल) ले महिला शसक्तिकरणका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अनेमसंघ जिल्ला सचिव धनु अधिकारीले महिलाहरु एकीकृत र संगठित हुँदै संगठनमा आवद्ध भएर समाजमा रहेका थिचोमिचो दाईजो प्रथा, घुम्टो प्रथाको अन्त्यका लागि लड्नुपर्ने र छोरीहरुलाई शिक्षित गराउँदै अग्रसर गराउनु पर्नेमा जोड दिनुभयो । अधिकारीले नवगठित कमिटीलाई बधाई ज्ञापन गर्दै महिलाहरुलाई संगठित गर्दै समाज परिवर्तनका लागि सबैले अहम भुमिका खेल्नुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ माघ १६, सोमबार ०८:२२