हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी कपिलवस्तुको चौथो पदाधिकारी बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष चेतना अधिकारीको अध्यक्षता तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शारदा शर्माको प्रमुख आतिथ्यतामा पदाधिकारीको चौथा बैठक सम्पन्न भएको हो ।
बैठकमा अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलनका लागि तयारी बैठक तथा महत्वपूर्ण विषयवस्तु माथि छलफल गरी निर्णय गरिएको अनेमसंघ जिल्ला कमिटी कपिलवस्तुका सचिव धनु अधिकारीले जानकारी दिनुभएको छ।
अनेमसंघ जिल्ला ईन्चार्ज सुशिला दर्लामीले मन्तब्य राख्दै संगठनको राष्ट्रिय सम्मेलन सफल बनाउनका लागि जिल्ला कमिटी कपिलवस्तुले अहम भुमिका खेल्ने बताउनुभयो ।
अनेम संघका जिल्ला उपाध्यक्ष शान्ता पाण्डेको स्वागत तथा जिल्ला सचिव धनु अधिकारीको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।




















