एमाले कपिलवस्तुले फागुन ११ गते ‘मिसन ग्रासरुट’ अभियानको थालनी गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तु, फाल्गुण ९
नेकपा (एमाले) कपिलवस्तुले फाल्गुण ११ गते मिसन ग्रासरुट अभियान अन्तरर्गत अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्ने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । मिसन ग्रासरुट अभियानको अभिमुखीकरण कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रिय नेता, प्रदेश स्तरका नेता, जिल्ला, पालिका, वडा स्तरका नेता कार्यकर्ता एवम् जनप्रतिनिधीहरुको उपस्थिती रहने छ ।

त्यस्तै कार्यक्रममा जनवर्गिय संगठनका पनि जिल्ला देखि केन्द्रिय स्तरका नेता कार्यकर्ताको उपस्थिती रहने एमाले कपिलवस्तुले जनाएको छ । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङ्गचीको सभाहलमा ११ बजे देखि शुभारम्भ गर्ने कार्यतालिका रहेको एमाले कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०७९ फाल्गुन ९, मंगलवार १६:२३