जिफण्ट शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा धुर्व अधिकारी चयन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल ट्रेड युनियन महासंघ जिफण्ट शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा धुर्व अधिकारी चयन हुनुभएको छ । प्रथम नगर अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन हुनुभएको हो । जसको उपाध्यक्षमा पदम बहादुर गुरुङ, सचिवमा राहुल सहानी सदस्यहरुमा अपसरा कुमाल राम्जे, शिव कुमार साह र शिव बहादुर बि.क. चयन हुनुभएको छ ।

अध्यक्षको जिम्मेवारी पाएसंगै अधिकारीले सबैलाई समावेश गरि संगठनलाई चुस्त दु्रस्त रुपमा अगाडि बढाउने बताउनुभयो । अध्यक्ष अधिकारीले अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने पुर्व कमिटी, निर्वाचन मण्डल तथा सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

अधिकारीको अध्यक्षता, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीको प्रमुख आतिथ्यता, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी प्रदेश उपाध्यक्ष लिला बहादुर कार्की, नेकपा (एमाले) गण्डकी प्रदेश सदस्य कमल ढकाल, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य दृघ बहादुर थापा, नेकपा (एमाले) नगर कमिटी सचिब रघुनाथ पौडेल, राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर सचिब संजय तिमिल्सिना, अनेरास्ववियु भानुभक्त क्याम्पस इकाई अध्यक्ष सुरेस पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रम आनन्द श्रेष्ठको स्वागत मन्तव्य तथा निराजन बहादुर सिह ठकुरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ चैत्र ४, शनिबार १९:५०