एमालेको मिसन ग्रासरुटले जनताको काम गर्ने कार्यकर्ता स्थापित गर्छ: नेता ढकाल

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् मोर्चा संयन्त्रका संयोजक भानुभक्त ढकालले नेकपा (एमाले) ले संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान पार्टी कार्यकर्ताको अग्नि परीक्षा रहेको बताउनु भएको छ । स्थायी कमिटी सदस्य नेता ढकालले नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काम मिसन ग्रासरुट अभियानले गर्ने दावी गर्नु भयो ।

पूर्व मन्त्रि समेत रहनु भएका नेता ढकालले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने कार्यमा निश्वार्थ लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो । नेता ढकालले जनवर्गिय संगठन तर्फ लक्षित गर्दै वर्षोै वर्ष सम्म सम्मेलन, अधिवेशन नगर्ने, निश्क्रिय रहने जनसंगठनको कुनै औचित्य नरहने स्पष्ट पार्नु भयो । मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान २०७९ को कपिलवस्तु जिल्लाको जिल्ला स्तरीय मध्यवति समिक्षा वैठकलाई तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

सोही मध्यवति समिक्षा वैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा। राजन भट्टराईले विगतमा नेताका कुरा जनताले सुन्ने गरेको जिकिर गर्दै यस पटकको मिसन ग्रासरुट अभियान मार्फत जनताका कुरा, जनताका समस्या जनताकै घर आगनमै नेताले सुन्ने अभियानका रुपमा मिसन ग्रासरुट अभियान संचालन गरेको बताउनु भयो । स्थायी कमिटी सदस्य डा।भट्टराईले पार्टी भित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रुपमा समेत अभियान संचालन हुने दावी गर्नु भयो ।

जिल्ला स्तरीय समिक्षा वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानको सक्षिप्त प्रतिवेदन वैठकमा प्रस्तुत गर्नु भएको थियो । समिक्षा वैठकमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, नेकपा (एमाले) का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो। हसन हलवाई, सजिदा सिद्धिकीले पालिकाको संक्षिप्त प्रतिवेदन पेश गर्नु भएको थियो ।


प्रकाशित : २०७९ चैत्र ९, बिहीबार १९:२१