ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होटेल व्यवसायलाई थप चम्किलो बनाउने मलाई आँट र भिजन छ ः  अर्जुन थापा 

लुम्बिनी दर्पण २०७९ चैत्र २४, शुक्रबार १०:११
[sharethis-inline-buttons]

बुटवल ,
कोरोना पछि देशको आर्थिक क्षेत्र परेको सबै भन्दा धेरै मार पर्यटन क्षेत्रमा परेको छ । होटेल व्यवासयीहरु त्यसको प्रत्यक्ष सिकार भएका छन् ।   पर्यटन क्षेत्र  थप फस्टाउन साथ होटेल व्यवासयीहरुको उत्साह पनि उस्तै हुने छ ।  अहिले अहिले देखिएको  कारोबारको मन्दीमाले गति लिने छ ।  यसैबिच होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको यही शनिवार चेत्र २४ र २५ गते ११ औँ अधिवेशन तथा ११ औँ वार्षिक साधार सभा हुँदै छ ।अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । नयाँ नेतृत्वका लागि दुई अध्यक्षका उम्मेदवारले फरक९फरक प्यानल बनाएर चुनावी अभियानमा जुटेका छन् । वि।स। २०५६ सालमा स्थापना भएको सङ्घमा हाल १२०३ होटेल व्यवसायीहरू आबद्ध रहेका छन् ।
सामाजिक तथा व्यक्तिगत प्रतिष्ठाको विषय समेत भएकाले उम्मेद्वारहरु आफ्नो चुनावी प्रतिबद्धता लिएर प्रत्येक सदस्य समक्ष पुगेका छन् । कोरोना महामारी तथा आर्थिक मन्दीले थला परेको होटेल व्यवसायलाई चलायमान गराउनु पर्ने चुनौती नयाँ नेतृत्वलाई अवश्य नै हुने छ । यसैबिच “पर्यटन प्रवर्द्धन र संरक्षण पर्यटकीय गन्तव्यको पहिचान, संयुक्त प्यानलको अभियान”–भन्ने नारासहित लेखनाथ भण्डारीको संयुक्त प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

उक्त प्यानलबाट महासचिव पदका उम्मेदवार हुन् युवा व्यवसायी अर्जुन थापाको आफ्नै भिजन र  आँट रहेको छ । उनले आफ्नो अनुभव र जोसले गर्दा होटेल व्यवासायीहरको हितमा बसेर काम गर्ने  सक्ने क्षमता राख्ने दाबी गर्दछन् ।
उच्च शिक्षाका लागि वि।स। २०६३ सालमा बुटवल झरेका थापाले खर्च जोहो गर्नका लागि चिया, नास्ता पसलबाट व्यावसायिक यात्रा सुरु गरी हाल सफल व्यवसायीका रूपमा स्थापित हुन सफल भएका छन्। गुल्मीको ईस्मा गाउँपालिका–३ का थापाले २०६० सालमा स्थानीय माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि बुटवल झरेका थिए ।
बुटवलको आम्दा अस्पताल नजिकै चिया पसल खोलेर ३ वर्षसम्म सोही होटेलबाट भएको आम्दानीले नै उनले कक्षा १२ उत्तीर्ण गर्न सफल भए त्यसपछिको पूरा समय अध्ययनमा लगाएर ब्याचलर पास गर्न सफल भए । यस्तै बुटवलका हाट बजार लाईन पनि केही समय व्यापार  गरेका थिए ।  कम उमेर मै मेहनेत र अनुभवले खारिएका छन् ।
त्यसपछि पुरानो बस पार्कमा जनसेवा गुल्मेली खाजा घर सञ्चालनमा ल्याएका थिए । उक्त होटेल ३ वर्षसम्म सञ्चालन गरेपछि उक्त होटेल छाडेर बुटवलकै योग कुटीमा कामना गेस्टहाउस सञ्चालनमा ल्याए । उक्त गेस्टहाउसलाई भने उनले लामो समय निरन्तरता दिन सकेनन् । सम्झौता मिति नसकिँदै घरबेटीले खाली गर्न भनेपछि उक्त गेस्टहाउस बन्द गरी उनले बुटवलको राजमार्ग चौराहामा होटेल हाईल्याण्ड सञ्चालनमा ल्याएका छन् ।

यस्तै बुटवलको कालिका नगरमा रहेको सत्कार होटेल  एन्ड रेष्टुरेष्ट  बुटवलका कालिका नगरमा रहेको छ । यी विभिन्न व्यवसायमा  अनुभव र  सिकाई ले होटेल तथा रेष्टुरेष्ट व्यवसायमा नेतृत्वमा उनको पनि   अगाडि पुराएको छ । होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ रुपन्देहीमा उनी २०६५ सालदेखि जोडिएको छन् । कार्य समिति सदस्य हुँदै सचिवको रूपमा रहेको छ । अहिले  महासचिवका उम्मेददार रहेका छन् । उनै थापासँग गरिएको छोटो कुराकानी

महासचिवमा तपाईँको उम्मेदवारी किन

होटेल तथा रेष्टुरण्ट व्यवसायी सङ्घ व्यावसायिक हक हित र अधिकार प्राप्त गर्ने, सबै खाले समस्या बिसाउने र समाधान खोज्ने साझा चौतारी हो । यसलाई यसै गरी साझा चौतारी बनाई राख्नका लागि मेरो उम्मेदवारी हो । सङ्घले व्यवसायीहरू सङ्गठित गराउने प्रारम्भिक कार्य भए पनि हालको अवस्थामा आई पुग्दा यसका उद्देश्य, दायरा तथा चुनौतीहरू दिनानुदिन फराकिला हुँदै गइरहेका छन् । व्यवसायीहरूका आम समस्याहरू सही तरिकाले सम्बोधन हुन नसक्दा जस्ताको तस्तै छन् ती समस्याहरूको समाधान गर्नका लागि मेरो उम्मेदवारी हो ।

तपाई महासचिव भएपछि गर्ने प्रतिवद्धताहरु के–के छन्
कोरोना महामारीद्वारा अति प्रभावित भएको होटेल तथा रेस्टुरेन्ट व्यवसायलाई उकास्न राजनीतिक, जातीय तथा आर्थिक भेदभाव हटाई व्यावसायिक हक र अधिकारलाई संस्थागत गर्नु मेरो मुख्य उद्देश्य रहने छ । व्यवसायीहरूलाई भैपरि आउने समस्याहरूलाई राहत प्रदान गर्न व्यावसायिक हित कल्याणकारी कोष निर्देशिकालाई थप व्यवस्थित र प्रभावकारी रूपले कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ । व्यावसायीहरुका गुनासा र समस्याहरू २४ सै घण्टा सुन्न तथा समाधान गर्न विशेष हेल्प डेस्कको व्यवस्था मिलाउने होटेल तथा रेस्टुरेन्ट व्यवसायलाई पर्यटन उद्योग व्यवसायको रूपमा स्थापित गरी व्यवसायी पहिचान र अस्तित्वको निम्ति काम गर्ने मेरो योजना छ । बुटवलमा रात्रिकालीन उज्यालो सहर तथा व्यवसाय सञ्चालनका विषयहरू भाषण मात्र सीमित रहेको अवस्थामा सम्बन्धित निकायहरूसँग छलफल तथा दबाब सृजना गरी लागु गराउन मेरो पहल रहनेछ ।

तपाईँले निर्वाचन जित्ने आधार के–के हुन
पर्यटन उद्योग रूपमा  विकास गर्ने , अस्वस्थ प्रतिस्पर्धालाई सेवा सुविधाको आधारमा  वर्गीकरण गरी सोही अनुसारको मुल्यसुची पनि तोक्नु पर्ने हुन्छ  । होटेल तथा रेष्टुरेष्ट स्थानीय खानाको परिकार पाक्ने वातावरण गर्ने छौ । मैले सानादेखि ठुलासम्म सबै होटेल व्यवसायीहरूको समस्यालाई नजिकबाट जानेको छु, चिनेको छु । लामो समय यस सङ्घको कार्यालयमा कर्मचारीका रूपमा रहेर तथा पदाधिकारीको रूपमा काम गरेको अनुभवका आधारले पनि अधिकांश व्यवसायीहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका कारण उहाँहरूले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । यसै गरी यसअघि सचिव पदमा निर्विरोध सचिव भएर २ वर्षसम्म काम गरेका आधारले पनि महासचिवमा मेरो उम्मेदवारीलाई सबै मतदाताले स्वाभाविक मान्नुहुन्छ भन्नेमा म विश्वस्त छु । आशा छ व्यवसायीहरूले यो चैत्र २५ गते नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा मलाई मतदान गरेर विजयी गराउन योगदान गर्नुहुने छ ।


प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १०:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

मेरो क्षेत्रलाई लुम्बिनी प्रदेश सवै विकास भएको बनाउछु ः रज्जाक 

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

समृद्धिको यात्रामा बुटवल उपमहानगरपालिका : मेयर सुवेदी

कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव एमाले अध्यक्ष ओलीको सुुझाव

माओवादी केन्द्र पुषको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन प्रस्ताव

तिलोत्तमामा अटो तथा इ -रिक्सा सञ्चालन / अध्यक्षसँग कुराकानी

लोक संगीतमा रमाएका सुब्बा

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech