सवल अर्थतन्त्र निर्माणका निम्ति महत्वपूर्ण वर्ष : अध्यक्ष शर्मा

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली बुवा, आमा, दाजुभाई, दीदी वहिनीहरुमा सु- स्वास्थ्य, समृद्धि एवम् दीर्घायूको कामना ब्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा वि.स. २०७९ साल नेपाली अर्थतन्त्रका निम्ति कहाली लाग्दो वर्ष बन्न पुगेको जारी शुभकामना सन्देशमा भनिएको छ । शर्माद्धारा जारी सन्देशमा वि.स. २०८० साल आत्मनिर्भर, सवल नेपाली अर्थतन्त्र निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको जन अपेक्षा पुरा गर्ने तर्फ महत्वपूर्ण उपलब्धिको वर्ष बन्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ ।

जारी सन्देशमा नेपाली समाजलाई स्पष्ट दिशा निर्दिष्ट गर्दै समाज रुपान्तरणका महत्वपूर्ण अभिभारा पुरा गर्ने कार्यमा राजनैतिक दल र सरोकारवालालाई प्रेरणा प्रदान गर्दै मजवुज सहकार्यको वातावरण बन्ने कार्यमा नयाँ वर्ष २०८० साल सार्थक रहनेछ भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०८० बैशाख १, शुक्रबार १६:५०