
लुदअ, कपिलवस्तु
नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज दधिराम न्यौपानेले नेकपा (एमाले) ले संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान पार्टी नेता, कार्यकर्ताको अग्नि परीक्षा रहेको बताउदै फलामे अनुशासनबाट मात्र दीर्घकालिन सुदृढ संगठन संभव रहेको तर्क गर्नु भयो । पोलिटब्यूरो सदस्य न्यौपानेले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काम मिसन ग्रासरुट अभियानले गरेको जिकिर गर्नु भयो ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाकार समेत रहनु भएका नेता न्यौपानेले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने कार्यमा निश्वार्थ लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।
मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियानको कपिलवस्तु जिल्लाको जिल्ला स्तरीय समिक्षा वैठकलाई सिद्धार्थ क्याम्पसको सभा हल बुङचीमा मंगलबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
सोही जिल्ला स्तरीय समिक्षा वैठकमा बोल्दै एमाले नेता एवम् लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुल्सी चौधरीले अभियान मार्फत पार्टी संगठन सुदृढ भएको तर्क गर्दै यसको निरन्तरताका निम्ति सही योजना आवश्यक रहेकोमा जोड दिनु भयो ।

