ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुको अध्यक्षमा शर्मा

Lumbini Darpan 2 २०८० बैशाख ११, सोमबार ०९:३२
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गरेको हो । बुद्धभूमीको गोरुसिंगेमा भएको अधिवेशनले ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको अध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा हरिशरण गौतम र विर बहादुर जि.सी., सचिवमा अर्जुन ओलि, कोषाध्यक्षमा ओम प्रकाश विक, सह–सचिवमा सुवास चन्द्र खनाल चयन भएका छन् । त्यस्तै सदस्य हरुमा मोति बहादुर के.सि., सञ्जय कुवंर, जयराज परियार चयन भएका हुन । नयाँ नेतृत्वले पार्टीलाई थप बलियो र प्रभावशालि बनाउने प्रतिवद्धता जनाएका छन् ।

सो कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि एंव नेकपा (माओवादी केन्द्र) का केन्दीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्र्चाज कमल चुदालिले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष पूरा भएको स्मरण गराए । उनले कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष र नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले दोस्रो पटक बनेको नयाँ नेतृत्व लाई शुभकामना व्यक्त गर्दै भने “समाजवादको आधार निर्माणको जिम्मा नेपाल राष्ट्रिय कर्मचारी महासंघमा जान्छ ।” त्यसैले ‘मनमा पाप पैदा नगरि कुशलता पुर्वक कार्य सम्पन्न गर्नु जरुरी छ’ उनले भने ।

चुदालीले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि सबै दत्त चित्त भएर लाग्नु पर्नेमा जोड दिए । उनले ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको बताए । राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको चुदालीले बताए । तत्कालिन अवस्थामा महासचिवमा पुष्पलाल श्रेष्ठ रहेको चुदालिको भनाई छ । २०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको स्मरण समेत उनले गराए ।

यस्तै नेकपा माओवादि केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य रुद्र बञ्जाडेले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्षको शुभकामना दिदै कम्युनिस्ट आन्दोलन सफल पार्नका लागि देशमा विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक असतभ्यासको आवश्यकता रहेको बताए ।

यस्तै नेकपा माओवादि केन्द्र कपिलवस्तुका संयोजक विष्णु बेल्वासेले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ बर्ष सम्म आईपुग्दा नेपालका कम्युनिस्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएको बताए । उनले शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिस्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको समेत जिकीर गरे । संयोजक बेल्वासेलेवैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो । विचार धारात्मक सांस्कृतिक समस्या हो । यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्छ ।’

उनले हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने उनले बताए । उनले नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै भने ‘म जस्तो सुकै परिस्थीतिमा पनि संगठनहरुको साथमा हुनेछु ।’


प्रकाशित : २०८० बैशाख ११, सोमबार ०९:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech