एमाले कपिलवस्तुद्धारा स्व.उपाध्यायको स्मृतिमा शोक विज्ञप्ति जारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा शोक विज्ञप्ती जारी गर्दै बाणगंगा नगरपालिका वडा नं. ८ मधुवन निवासी नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य कृष्णप्रसाद पौडेलको ममतामयी माता जगदिश्वरी उपाध्यायको मिति २०८० साल वैशाख १२ गते ९३ वर्षको उमेरमा भएको दुखःद् निधनबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा भनिएको छ ।

जारी शोक विज्ञप्तीमा स्व.जगदिश्वरी उपाध्याय प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनिएको छ । स्व.जगदिश्वरी उपाध्यायले सामाजिक रुपान्तरणको अभियानमा पु-याएको योगदानको उच्च सम्मान गर्दछौं जारी विज्ञप्तीमा भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०८० बैशाख १४, बिहीबार १८:३१