राप्रपा अध्यक्ष लिङ्देन बैशाख १६ गते कपिलवस्तु आउँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनुहुने भएको छ । कपिलवस्तु जिल्ला क्षेत्र नम्बर १ बाणगंगा नगरपालिकाको बैरिया चोकको मायादेवि रिसोर्ट्मा राप्रपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुन गईरहेको प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहि बैशाख १६ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित अन्य नेता आउने राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

उक्त अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा अध्यक्ष लिङ्देन सहित पुर्व मन्त्री दिपक बोहरा, पुर्व कानुन मन्त्री ध्रुब बहादुर प्रधान, सांसद धवल शम्शेर राणा लगायतका नेताहरु समेत आउने पार्टीले जनाएको छ ।

उक्त कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि पार्टिका पदाधिकारी, सदस्य जिल्ला, क्षेत्र, नगर र गाउँपालिका र भातृ संगठन लगायत पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उपस्थितीका लागि पार्टीका केन्द्रिय सदस्य रायमाझीले अनुरोध गर्नुभएको छ ।


प्रकाशित : २०८० बैशाख १४, बिहीबार २०:०३