अध्यक्ष ओलीमाथि भएको आक्रमणको प्रयास विरुद्ध एमाले कपिलवस्तुद्धारा घोर निन्दा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले)का पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीमाथि भएको साङ्घातिक आक्रमण प्रयासको नेपका (एमाले) कपिलवस्तु जिल्ला कमिटीले घोर निन्दा एवम् भत्र्सना व्यक्त गरेको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत कोशी प्रदेशको नामाकरणका विषयलाई लिएर पहिचानवादीको नाममा कुनै राजनैतिक दलको झण्डा बोक्नेहरुबाट एमाले अध्यक्ष ओली माथि झापाको बुधबारे बजारमा गरिएको यस खालको भौतिक आक्रमणको प्रयास एमाले प्रतिको जनलहरलाई कमजोर पार्ने कुचेष्टाबाट प्रेरित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कुनै राजनैतिक दलको झण्डा र ब्यानरको पृष्ठभूमिमा परिचालित आन्दोलनकारीहरुका यस्ता हर्कत एमाले प्रतिको बढदो जनलहरबाट बिचलित मानसिकताको उपज हो । सामाजिक सद्भाव एवं एकतालाई कमजोर पार्ने र साम्प्रदायिक विद्धेष फैलाउने यस्ता क्रियाकलापबाट सिङ्गो पहिचानको मुद्धालाई नै ध्वस्त पार्दछ उल्लेख गरिएको छ ।

यस्ता गैर राजनैतिक एवं असामाजिक क्रियाकलाप तत्काल रोकेर सामाजिक न्याय एवं संघीय लोकतान्त्रिक गणतन्त्र सृदृढीकणको पक्षमा दृढतापूर्वक लाग्न एमाले कपिलवस्तु जिल्ला कमिटीले हार्दिक अपिल गरेको छ ।


प्रकाशित : २०८० बैशाख १६, शनिबार ११:४९