पूर्व मन्त्री बादलका सल्लाहकार राई पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, काठमाडौँ
पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको समाचार प्रकाशित भएका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा यसअघि प्रहरीले अरू तीन जनालाई पक्राउ गरेको थियो । राई थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका थिए ।


प्रकाशित : २०८० बैशाख १९, मंगलवार ०९:५६