अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्ने दल एमाले : नेता चौधरी

[sharethis-inline-buttons]

सीता बेल्बासे, कपिलवस्तु
अव्यवस्थित बसोबासीहरुको समस्या सदाका लागि समाधान गर्ने दल भनेको नेकपा एमाले भएको एमाले पोलिटव्योरो सदस्य तथा भूमि अधिकार तथा श्रमिक संगठन केन्द्रिय अध्यक्ष शान्ता चौधरी बताउनु भएको छ । प्रथम ऐतिहासकि कपिलबस्तु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

भूमिहीन सुकुमबासी अव्यवस्थित बसोबास गर्ने गरिवलाई बिभिन्न कारण देखाउदै समस्या समाधान नगरेको बास्तविकता गरवि निमुखा जग्गा नभएका जनताको लागि नभई माटो सम्म नकुचेकाको हजारौ विगाहा जग्गा भएको बताउदै वर्षै देखि उपयोग गर्दै आएकालाई विभिन्न वाहानामा भूमिहीन बनाएको बताउनु भयो ।

देशभर छरिएर बसेका किसान, मोही, सुकुम्बासी, कृषि श्रमिक लगायतका भूमि अधिकारबाट बञ्चित गरिब किसानहरु संगठित हुनु पर्ने बताउदै एमाले सरकारमा हुदा नियम कानुन बनाएपनि अहिलेको सरकारले ति समस्यामा ध्यान नदिएको बताउनु भयो ।संगठनका सम्पुर्ण भुमि समस्या सम्बनधी समस्या समाधानका लागि उच्चस्तरिय आयोग गठन गरी तिव्र रुपमा काम गर्न लागिरहेको बेलामा नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले एमालेको सरकार ढलाएर जनघाती कार्य गरेको समेत आरोप लगाउनुभयो।

प्रथम अधिवेशनलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय सदस्य कमल गौतमले भुमिहिन तथा सुकुमवासीहरुको समस्या समाधानमा वर्तमान सरकारले कुनै चासो नदेखाएको टिप्पणी गर्नुभयो भुमिहिन दलित, भुमिहिन सुकुमवासी अधिकारबाट बञ्चित गरिब किसानहरुको सुरक्षित जीविका र भूमि सम्बन्धी कानुनको निर्माण र प्रभावकारी कार्यान्वयनका क्षेत्रमा संगठित तवर राज्यले लालपुर्जा दिनु पर्ने बताउनु भयो ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले भूमिको दिगो उपयोगमार्फत सबै किसानको आत्मनिर्भरता गराउदै ।सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउने पर्ने बताउदै वास्तिविक भूमिहिनले अहले सम्म जग्गा मेरो हो भन्न नपाएको बताउनु भयो ।

भूमिको दिगो उपयोगमार्फत सबै किसानको आत्मनिर्भरता गराउदै ।सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउन पहल गर्नु पर्ने भूमि अधिकार मञ्च सचिवालय सदस्य लिला विक,केद्रिय महासचिव इन्द्र तामाङले जोड दिनु भयो । भूमिहीनहरूलाई तत्काल कानूनी रूपमा व्यवस्थित गर्न भुमिहिन सहभागिको माग रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ २, मंगलवार १९:३०